site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
गीतकार कल्याण श्रेष्ठको एल्बम ‘नबुझिएको जिन्दगी’ सार्वजनिक

काठमाडौं । गीतकार कल्याण श्रेष्ठको नयाँ गीतिएल्बम सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै श्रेष्ठले ‘नबुझिएको जिन्दगी’ नामक गीतिएल्बम सार्वजनिक गरेका हुन् । 

पूर्वप्रधानन्यायाधीश समेत रहेका गीतकार श्रेष्ठको एल्बममा पाँचवटा गीत समावेश छन् । ‘जिन्दगी’ बोलको गीतमा महेश खड्काको संगीत र विनोद राईको स्वर छ । राज सिक्देलको स्वर रहेको ‘तिमीसँग’बोलको गीतमा सुनील मास्केको संगीत छ ।
 
‘एक झलक’ बोलको गीतमा रवि ओडको स्वर तथा महेश खड्काको संगीत छ । ‘कहिले आँखाले’ बोलको गीतमा रुपक चौधरीको स्वर छ भने संगीत सुदेश शर्माले भरेका छन् । ‘मेरो भगवान’ बोलको गीतमा संगीता शाक्य थापाको स्वर र सुदेश शर्माको संगीत सुन्न सकिन्छ । 

एल्बममा ‘जिन्दगी’ र ‘तिमीसँग’को म्युजिक ट्रयाक पनि समावेश छ । 
 

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  ०९:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro