site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेसलाई ओलीले भने– रविविरुद्ध खनिनु भनेको भँगेरा मार्न तोप बोकेर जानुसरह हो

 

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक क्षणिक स्वार्थ र लाभका लागि गर्नु नहुने बताएका छन् । बिहीबार सुनसरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीति देश, जनता र सत्य स्थापनाका लागि हुनुपर्ने बताए ।

उनले नेपाली कांग्रेस एउटा पात्रका विरुद्ध खनिएको बताउँदै आपत्ति पनि जनाए । ओलीले कांग्रेसजस्तो पार्टी रवि लामिछानेको विरुद्धमा खनिनु भनेको 'भँगेरा मार्न तोप बोकेर जानुसरह' भएको टिप्पणी गरे ।

कांग्रेसले अघिल्लो दिन प्रधानमन्त्रीमा प्रस्ताव गर्ने र प्रस्ताव नमानेपछि सहकारी ठगको आरोप लगाउने काम गरेको ओलीको आरोप छ ।

"रातिसम्म प्रधानमन्त्रीका लागि ठिक, म यता लाग्न सक्दिनँ भनेपछि त्यसो भए तँ सहकारीको ठग । अलि मिलेन । एउटा व्यक्तिको नाम लिएर संसद्‌मा सहकारीको ठग कहाँ प्रमाणित भयो ? भ्रष्टाचारी ठहर भएको मान्छे संसद्‌मा उभिएर सहकारी ठग भनिरहेको छ । संसद्‌मा मुर्दावादको नारा लगाइँदैन । त्यसलाई राम्रो मानिँदैन । अप्रमाणित कुरा संसद्‌मा बोलिँदैन," ओलीले भने ।

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  १८:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro