site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसमा दाजु–भाउजू मात्र होइन गोत्र मिल्ने सबैको छानबिन गरे हुन्छ : महामन्त्री शर्मा
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस नेताहरू मात्र होइन उनीहरूको नातेदारमाथि पनि छानबिन गरे हुने बताएका छन् ।

बिहीबार नेपाल विद्यार्थी संघ झापा–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै उनले आफूहरू जुनसुकै विषयमा पनि छानबिनका लागि तयार रहेको उल्लेख गरे । “कांग्रेसको चलनचल्तीको भाषामा भन्दा दाजु–भाउजू, मामा, माइजू कांग्रेसको को–को माथि सभापति, उपसभापति, पदाधिकारी को–को ? कसको कसको छानबिन गर्नुछ नाम, थर, गोत्र, ससुराली, हातका शंख र चक्र सबै लेख्नुस् तर छानबिन गम्भीरतापूर्वक हुुनुपर्छ,” उनले भने ।

KFC Island Ad
NIC Asia

महामन्त्री शर्माले गृहमन्त्री रवि लामिछानेमाथि कटाक्ष गर्दै विभिन्न विषयमा जवाफ फर्काए । लामिछानेले दोषी भए राजनीति छोड्छु आफू दोषी नभए गगन थापाले राजनीति छाड्ने हो भन्ने आशयमा दिएको अभिव्यक्तिमा पनि उनले कटाक्ष गरे । “नयाँ दलको एउटा मित्रले के भन्नुभएछ भने, ममाथि छानबिन गर्नुस् यदि दोषी देखिनुभयो भने उहाँले पनि राजनीति छोड्नुहुन्छ हामी पनि राजनीति छोड्छौँ । विश्वप्रकाश शर्मामाथि छानबिन गर्ने, दोषी देखिए जेल जाने हो, बाँकी कांग्रेस जाने होइन,” उनले भने ।

महामन्त्री शर्माले लामिछानेको प्रश्नलाई सती प्रथासँग तुलना गर्दै भने, “सती प्रथा हो ? श्रीमान्को मृत्यु भएपछि श्रीमती जाने ? यो त चन्द्र शमशेरको पालामा उहिल्यै अन्त्य भइसक्यो । सहकारी ठगीको बारेमा गम्भीर छानबिन गर्न जरुरी छ ।”

उनले सदनमा उभिएर गृहमन्त्रीले विदेशीलाई देशका सूचना बेच्ने मान्छे पनि सदनमा छन् भनेकोमा आपत्ति जनाए । साथै, उनले यो विषयलाई सदनको रकेर्डबाट हटाउन माग गरे । “सभामुखलाई सोध्छु म, तपाईं विदेशीलाई सूचना बेचिन्छ, सांसदबाट भन्नेकुरा संसद्‌मा बोल्न पाइन्छ भन्नेकुरामा सहमत हो ? यदि होइन भने किन रेकर्डबाट हटाउनु हुन्न ? सहमत हो भने गृहमन्त्रीलाई किन सोध्नुहुन्न, को हुन् तिनलाई गिरफ्तार गर,” उनले भने ।

महामन्त्री शर्माले भ्रष्टाचारका फाइल खोल्ने कुरा मात्रै नभइ ०४६ सालपछिका सबै उच्च पदस्थ व्यक्तिहरूको फाइल खोलेर कारबाही गर्न आग्रह गरे । कांग्रेस सरकारमा हुँदा कमजोरीको पनि फाइल खोलियोस् भनेर उपसभापति धनराज गुरुङको नेतृत्वमा संसद्‌मा पार्टीले प्रस्ताव लगेको भनाइ उनको थियो ।

“०४६ सालपछि को मन्त्री भए, कोको केके भए ? कसले कति कमाए होलान् ? कमाएनन् होला सबै छानबिन गरौँ भनेर प्रस्तावित गरेका छौँ । त्यसैले यो बेलामा नेपाली कांग्रेस दृढतापूर्वक सहकारी ठगी प्रकरणका सन्दर्भमा पनि हामी दृढतापूर्वक बोलिरहेका छौँ,” उनले भने, “प्रश्न एकजना व्यक्तिको सन्दर्भको होइन । संसद्‌मा बोल्दै गर्दा उहाँले यसको यो विरोध छ भन्नुभयो । अरु माथि पनि छ त, ममाथि मात्रै किन ? ममाथि छैन भन्ने होइन, ममाथि छ तिमीहरू माथि पनि छ भन्ने छ ।”

सम्बोधनको क्रममा उनले नेपाल अनन्त सम्भावना रहेको देश भन्दै राजनीतिमा कुनै पनि संकट नरहेको बताए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  १६:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro