विदेश
मेक्सिको । चुनावी सभाको लागि बनाइएको एउटा मञ्च भत्किँदा मेक्सिकोमा बच्चासहित कम्तिमा नौजनाको मृत्यु भएको छ । साथै सोही घटनामा ५० जना भन्दा बढी घाइते भएका छन् ।
सो घटना मेक्सिकोको नर्थन नुभो लिओन राज्यमा भएको स्थानीय गभर्नरले बताएका छन् । सो घटना राष्ट्रपतिका दक्षिणपन्थी उमेदवार जर्ज अल्भारेज मायनेजले मन्तव्य दिइरहेको बेलामा भएको थियो । सो घटनामा मायनेजलाई भने कुनै चोट नलागेको बताइएको छ ।
दुर्घटनापछि पनि सम्बोधन गर्दै उनले घटनामा आफ्नो पक्षका केही घाइते भएको जनाएका छन् । सो दुर्घटना अचानक आएको हुरी र आँधीका कारण भएको थियो । बीबीसी
प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१ १२:२६
प्रतिक्रिया दिनुहोस्