site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नागरिकले महसुस गर्ने गरी सेवा प्रवाह गर्न गृहमन्त्रीको निर्देशन
फाइल तस्बिर ।

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानले नागरिकले महसुस गर्ने गरी सरकारी सेवा प्रवाह गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

 बुधबार मकवानपुरको हेटौँडामा बसेको वागमती प्रदेशको सुरक्षा समितिको बैठकमा गृहमन्त्री लामिछानेले शान्ति, सुरक्षा र अपराध नियन्त्रणको कामहरूमा बढी जोड दिन पनि निर्देशन दिए ।

गृहमन्त्री लामिछानेको भनाइ उद्धृत गर्दै गृह मन्त्रालयका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले सरकारी सेवा प्रवाह नतिजामुखी र नागरिकले महसुस गर्नेगरी व्यवस्थापन गर्न निर्देशन दिएको बताए ।

"शान्ति सुरक्षा र अपराध नियन्त्रणको कामहरूका बारेमा पनि छलफल भएको छ । गृह मन्त्रालयले विकास निर्माणका काममा आवश्यक समन्वय र सहजीकरण गर्ने, सेवा प्रवाहमा आवश्यक समन्वय, सहजीकरण र नियमन गर्ने, सुशासन प्रबन्धनमा सहयोग गर्ने, नागरिकको गुनासा सुन्ने र त्यसलाई सम्बोधन गर्ने लगायतका काम हुन्छन् । नागरिकले महसुस गर्नेगरी र नतिजामुखी भएर काम र सबै क्षेत्रमा सुधार गर्न उहाँले निर्देशन दिनुभएको छ," भट्टराईले भने ।

– न्युज एजेन्सी नेपाल

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  १८:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro