site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्वास्थ्यमन्त्री यादवले गरे वीर अस्पतालको छड्के अनुगमन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले वीर अस्पतालमा छड्के अनुगमन गरेका छन् । आज दिउँसो मन्त्रीसहित सचिव रोशन पोखरेलसहितका कर्मचारी अनुगमनमा पुगेका हुन् ।

मन्त्री यादवले वीर अस्पतालको नयाँ भवनदेखि पुरानो भवनको अवलोकन गरे । त्यसपछि उनी नजिकै रहेको राष्ट्रिय ट्रमा सेन्टरको समेत अवस्था बुझ्न पुगेका थिए ।

करिब तीन घण्टाको अनुगमनमा मन्त्री यादवले प्रत्यक्षरूपमा बिरामीलाई भेटेर अवस्थाका बारेमा जानकारी लिएका थिए ।

अनुगमनका क्रममा उनले अस्पतालको आकस्मिक कक्ष र ओपीडीमा सबैभन्दा बढी समस्या देखापरेको बताए ।

“देशभरकै बिरामीको उपचारको केन्द्र रहेको अस्पताल व्यवस्थित हुुनुपर्छ,” उनले भने, “कतिपय कक्ष तथा सेवा व्यवस्थित नहुँदा बिरामीले दुःख पाउनुभएको छ । मुख्यतया जनशक्तिको अभाव देखिएको छ, यसले व्यवस्थापनमा समस्या देखिएको हो ।” 

मन्त्री यादवले अस्पतालको सेवा थप प्रभावकारी बनाउन जनशक्तिको व्यवस्थापन तुरुन्तै गरिने पनि बताए ।

अनुगमनका क्रममा  शय्या अभावका कारण एउटै शय्यामा महिला र पुरुष राखेर उपचार गरेकोसमेत भेटिएको थियो । 

अस्पतालको औषधि पसलमा घन्टौँ लाइन लागेका सर्वसाधाणसँग मन्त्री यादवले सोधपुछ गरेका थिए । सर्वसाधारणले औषधि पसलमा टोकन सिस्टम नहुँदा घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता रहेको सुनाएका थिए ।

मन्त्री यादवले औषधि पसलको लाइन व्यवस्थापन गर्न तुरुन्तै टोकन सिस्टम ल्याउन अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतलाई निर्देशन दिए । त्यस्तै, सर्वसाधारणले स्वास्थ्य बिमामार्फत औषधि नपाएको गुनासो गरेका थिए ।

डा. बस्नेतले अनुगमनकै क्रममा सर्वसाधारणमाँझ औषधि अभाव भएको स्वीकार गर्दै औषधि ल्याउने प्रक्रियामा रहेको र दुई साताभित्र स्वास्थ्य बिमाको औषधि आइपुग्ने जानकारी दिए ।

“औषधिको अभाव छ, हामी स्वीकार गर्छौं,” उनले भने, “दुई साताभित्र औषधि अभाव पूर्ति गरेसँगै बिमासम्बन्धी हेर्ने छुट्टै डेस्कको व्यवस्थापन समेत मिलाउने छौँ ।” रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  १६:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro