site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सभामुखलाई कांग्रेसको व्यंग्य– सदनलाई ब्यारेक बन्नबाट रोक्दै बहसको थलोका रूपमा स्वीकार गरेकोमा धन्यवाद 

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेलाई संसद् ब्यारेक होइन बहसकै थलो हो भनेर स्वीकार गरेको भन्दै व्यंग्य गरेको छ । नेपाली कांग्रेसका सहमहामन्त्रीसमेत रहेका सांसद बद्री पाण्डेले सभामुख घिमिरेले लगातार प्रतिपक्षलाई बोेल्न रोकेर मार्सलको भरमा संसद् चलाएको विषयमा यस्तो व्यंग्य गरेका हुन् । 

“सदनलाई ब्यारेकबाट बहसको थलो बन्ने अवसर दिनु भएकोमा सभामुखलाई धन्यवाद,” सांसद पाण्डेले भने । उनले संसदीय समितिको टीओआरमा सहमति नभएको भन्दै अहिले पनि टार्ने प्रयास मात्र भएकाले आफूहरूले संसद् सञ्चालन गर्न नदिने जानकारी गराएका थिए ।  

“सहकारी बचतकर्ताको बचत रकम अपचलनमा गृहमन्त्रीमाथि संसदीय छानबिन समितिमा छलफल भएको भए पनि टीओआरमा कुरा नमिलेको जानकरी पाएका छौँ,” पाण्डेले भने, “हामी हामो अडानमा कायम छौँ ।”

उनले चारवटा सहकारीको ऋण गोरखा मिडियाले लिएको र त्यसरी ऋण लिँदा गृहमन्त्री लामिछाने ग्यालेक्सी टेलिभिजनको प्रवन्ध निर्देशकसहित १५ प्रतिशतको सेयर होल्डर रहेको तथ्यहरूले प्रमाणित गरेको उनले बताए । 

यस्तै अवस्थामा राप्रपाकी सांसदविरुद्ध पक्राउ पूर्जी जारी भएको भन्दै उनले गृहमन्त्रीलाई विशेष छुट दिनुपर्ने कारण सभामुखसँग प्रश्न गरेका थिए ।
 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १३:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro