site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गगनको 'तारिफ' गर्दै रविलाई रामकुमारीको चुनौती– आरोपको भार पूरा गर्नुपर्छ

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले नेपाली कांग्रेसका महामन्त्री गगन थापामाथि लगाइएको आरोपमा प्रतिक्रिया जनाएकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछानेले महामन्त्री थापामाथि विभिन्न आरोप लगाएपछि झाँक्रीले आरोपको प्रमाणको भार स्वयं आरोप लगाउनेले पूरा गर्नुपर्ने बताएकी हुन् ।

आइतबारको संसद्‌ बैठकमा लामिछानेले थापामाथि विभिन्न आरोप लगाएका थिए । उनले थापामाथि विदेशीललाई सूचना बेचेकोदेखि कृषि अनुदानको रकम हिनामिना गरेकोसहितका आरोप लगाएका थिए ।

 

यसबारे नेतृ झाँक्रीले थापा युवाहरूको राजनीतिक आइकन भएको बताउँदै उनीमाथि लगाइएका आरोपको प्रमाणको भार स्वयंले बोक्नुपर्ने बताएकी हुन् ।

“गगन थापा यो आन्दोलनको नेता हो । युवाहरूको राजनीतिक आइकन हो । आफ्नो सामर्थ्यले यो तहको नेता बनेको हो,” झाँक्रीले सोमबार सामाजिक सञ्जालमा लेखेकी छन्, “गगन थापामाथि लगाएको आरोपको प्रमाणको भार स्वयं आरोप लगाउनेले पूरा गर्नुपर्छ, हेक्का रहोस !”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १८:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro