site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘फर्की फर्की र ‘पुजार सार्की’को प्रि–बुकिङ खुला, कसले पायो धेरै शो ?

काठमाडौं । चलचित्र ‘फर्की फर्की र ‘पुजार सार्की’को प्रि–बुकिङ खुला भएको छ । यही जेठ १० गतेबाट रिलिज हुने चलचित्रको प्रि–बुकिङ खुला भएको हो । 

देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले दुवै चलचित्रको बुकिङ खुला गरेको हो । क्यूएफएक्सले ‘फर्की फर्की’लाई देशभरका आफ्ना आउटलेटमा ६१ शो उपलब्ध गराएको छ । जसमा काठमाडौंमा २८ र मोफसलमा ३३ शो दिएको छ । 

‘पुजार सार्की’लाई क्यूएफएक्सले ५८ शो दिएको छ । जसमा काठमाडौंमा २७ र मोफसलमा ३१ शो दिएको छ । 

‘फर्की फर्की’मा अनमोल केसीसँगै जसिता गुरुङ, रभी काफ्ले, समृद्धि अर्याललगायत कलाकार मुख्य भूमिकामा छन् । सुयोग गुरुङ निर्देशित चलचित्रको निर्माता रोहित अधिकारी हुन् ।

प्रदीप खड्का, आर्यन सिक्देल र पल शाहसँगै अञ्जना बराइली, परीक्षा लिम्बू, प्रेम सुब्बा, लोकेन्द्र लेखक मुख्य भूमिकामा रहेको चलचित्र ‘पुजार सार्की’ दिनेश राउतले निर्देशन गरेका छन् । सुवास भुसाल यो सिनेमाका निर्माता हुन् ।

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १७:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro