site stats
बाह्रखरी :: Baahrakhari
कला
इगोको ‘अचानो’मा निर्माता र कलाकार

काठमाडौं । नेपाली सिने उद्योगमा चलचित्र जुध्नु नौलो होइन । स्टार भनिने अभिनेताका सिनेमा एउटै डेटमा ल्याइनु पनि नयाँ होइन । त्यसो त मुख्य भूमिकामा रहेका एकै अभिनेताका सिनेमा एउटै डेटमा रिलिज हुने इन्डस्ट्रीमा फरक–फरकका चलचित्र जुध्नु अनौठो विषय भएन ।

आउँदो वर्ष पनि अपेक्षित र स्टार भनिने अभिनेताकै चलचित्र एउटै मितिमा सार्वजनिक गरिँदै छ । अभिनेता अनमोल केसी र प्रदीप खड्काका सिनेमा एकैदिन रिलिज हुने भएका हुन् ।

अनमोल अभिनीत ‘फर्की फर्की’ र प्रदीपसँगै पल शाह र आर्यन सिक्देल मुख्य भूमिकामा रहेको चलचित्र ‘पुजार सार्की’ जेठ १० गते रिलिज गरिँदै छ । ‘पुजार सार्की’को अफिसियल घोषणा नगरिए पनि निर्माण पक्षले यही मितिमा रिलिजको तयारी गरेको छ ।

“हामीले अफिसियल रूपमा घोषणा गरिसकेका छैनौँ । तर, जेठ १० अगाडि रिलिज गर्न सिनेमा तयार हुँदैन । त्यसपछि वर्षा सिजन सुरु हुन्छ । त्यसपछि तिज र दसैँमा जानुपर्छ,” ‘पुजार सार्की’का निर्देशक दिनेश राउत भन्छन्, “तर, ती मितिमा अरू सिनेमाले नै रिलिज डेट लिइसकेकाले आउने कुरा भएन । त्यसपछि जानलाई निर्माताको ठूलो लगानी कति समय होल्ड गर्ने भन्ने हो ।”

यता, ‘फर्की फर्की’का निर्माता रोहित अधिकारी जेठ १० गते दुई/तीन सिनेमा आउनुपर्ने कारण नरहेको बताउँछन् । आफूले सुरुमै रिलिज डेट लिएको उनको भनाइ छ । “मैले सुरुमै रिलिज डेट लिएको हुँ । जेठ महिना एकैदिन दुई/तीनवटा सिनेमा आउनुपर्ने आकर्षक डेट होइन,” रोहित भन्छन्, “गाजलु पनि मैले जेठमै रिलिज गरेको र यो महिना मलाई राम्रो हुने भएर जेठ १० मा आउने निर्णय छायांकनमा जानुभन्दा पहिला नै गरेको हुँ ।” 

Global Ime bank

दिनेश भने एकैदिन सिनेमा रिलिज गरिनु हुन्न भन्ने कानुनी बन्देज नरहेको बताउँछन् । यसअघि पनि तीन/चारवटासम्म नेपाली सिनेमा एकैदिन रिलिज हुने गरेकाले यसलाई अन्यथा लिन नहुने उनको जिकिर छ ।

‘फर्की फर्की’को शुभमुहूर्तमै पुगेर दिनेशले रोहितसहितको टिमलाई शुभकमना दिएका थिए । “दुई/तीनवटा सिनेमा एकैदिन रिलिज हुने अनौठो भएन । तर, सिनेमाको व्यापारमा त असर गर्छ,” रोहित भन्छन्, “अरूलाई त असर नगर्ला, निर्मातालाई त असर गर्छ ।”

सिनेमा एउटै मितिमा आएभन्दा पनि किन ल्याइयो भन्ने विषयले अर्थ राख्छ । नेपाली चलचित्र उद्योगमा एउटाको सिनेमा रिलिज तय मितिमा अर्को ल्याएर जुधाउनु समस्या नै हो । सिनेमा त जुध्छ नै, पोस्टर, टिजर र ट्रेलर समेत एकैदिन रिलिज गरिन्छ ।

यसको उदाहरणका रूपमा ‘फर्की फर्की’ र ‘पुजार’ सार्कीलाई नै लिन सकिन्छ । रोहितले सिनेमाका मुख्य कलाकार अनमोलको जन्मदिनको अवसर पारेर फर्स्टलुक पोस्टर सार्वजनिक गरे ।

शनिबार बिहान ‘फर्की फर्की’को पोस्टर रिलिजको केही घण्टापछि नै ‘पुजार सार्की’ निर्माण पक्षले पल शाहको क्यारेक्टर लुक सार्वजनिक ग¥यो ।

एकैदिन त्यो पनि केही समयको अन्तरालमै पोस्टर रिलिज गरिनुलाई दिनेश संयोग मात्र भएको जिकिर गर्छन् । रोहित यसलाई संयोग मात्र मान्न तयार छैनन् । उनी नियत नै खराब रहेको आरोप लगाउँछन् ।

रोहित र दिनेश सँगै सिनेमा बनाउने योजनामा थिए । करिब पाँच वर्षदेखि तयारी गरे पनि काम हुन नसकेपछि उनीहरू चलचित्र निर्माणमा सहकार्य नगर्ने निष्कर्षमा पुगे । ‘२६ करोड’ नामक सिनेमा दिनेशले निर्देशन र रोहितले लगानी गर्ने सहमति थियो ।

कुनै पनि विषयमा विचार फरक परेपछि सँगै काम गर्न नसकिने भन्दै उनी बुझाइ नमिलेकाले रोहितको प्रोजेक्टबाट आफू अलग भएको स्पष्ट पार्छन् ।

नेपाली चलचित्र उद्योगमा ‘इगो’ले सिनेमा जुध्ने गरेको स्वयं मेकरले बताउँदै आएका छन् । केही व्यक्तिको इगोले निर्माता डुबिरहेको सार्वजनिक मञ्चहरूमै मेकरले बताउने गरेका छन् ।

दिनेश इगोका कारण आफ्नो सिनेमा ‘फर्की फर्की’सँग एकैदिन रिलिज हुन लागेको स्वीकार गर्न तयार छैनन् । सिनेमाको रिलिज निर्देशकभन्दा पनि निर्माता र वितरकले आफूअनुकूल गर्ने उनको तर्क छ ।

“सिनेमा रिलिजमा निर्देशकभन्दा पनि निर्माता र वितरकको हात हुन्छ । निर्देशकले त के नै गर्न सक्छ र ?,” दिनेश भन्छन्, “एउटाले अर्कालाई सिध्याउन फलानोले फलानोको सिनेमासँग जुधायो भन्छन्, तर मलाई यो प्रश्न नै होइन भन्ने लाग्छ ।”

सिनेमा आर्ट अर्थात् कला भएकाले कसैले कसैलाई सिध्याउन नसक्ने उनको टिप्पणी छ । त्यसैले यो आरोप मात्र भएको उनी बताउँछन् । “आर्ट हो । कसैले चाहेर कसैलाई सिध्याउने भन्ने हुँदैन । कोही सकिन्छ भने ऊ आफ्नै कारणले सकिने हो,” दिनेश भन्छन्, “म सकिन्छु भने अरूका कारण होइन, मेरै कारणले सकिन्छु । कसैले चाहँदैमा म सकिन्नँ ।”

रोहित भने सिनेमा कलासँगै व्यापार पनि भएको तथ्यलाई बिर्सन नहुनेमा जोड दिन्छन् । चलचित्र कलाको व्यापार भएको उनी बताउँछन् । उनी भन्छन्, “अहिलेको समयमा सिनेमा शुद्ध कला मात्रै हो भनेर कसैले भन्छ भने त्यो आदर्श मात्रै हो । लगानी गर्ने निर्माताका लागि सिनेमा कलासँगै व्यापार पनि हो ।”

एउटै मितिमा दुई सिनेमा ल्याइँदा केही न केही नकारात्मक असर गर्ने तथ्यलाई नजरअन्दाज गर्न नहुने उनको धारणा छ । “२० करोड कलेक्सन हुने सिनेमाले १० करोड मात्रै गर्ला, १० करोड कलेक्सन हुन्थ्यो भने पाँच करोड मात्रै हुन्छ होला,” रोहित भन्छन्, “करोडौँ लगानी गर्नेलाई त समस्या हुन्छ नै । यहाँ कुरा जेठ १० को मात्रै होइन, नेपाली सिने उद्योगमा रहेको इगो साँधेर बस्ने खराब प्रवृत्तिको हो ।”

गत वर्ष अनमोल अभिनीत ‘छड्के–२’ र दीपकराज गिरी समूहको ‘छक्का पञ्जा’ एकैदिन रिलिज गरिएको थियो । ‘छड्के–२’ ले ३० लाख रुपैयाँ पनि कलेक्सन गर्न सकेको थिएन ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १६:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu