site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सदनमा नाराबाजी गरिरहेको प्रतिपक्षलाई उपस्थितको गणनाबाटै हटाए सभामुख घिमिरेले 

काठमाडौं । सभामुख देवरावज घिमिरेले वेल घेराउसहित नाराबाजी गरिरहेको प्रमुख प्रतिपक्ष र अवरोधमा रहेका प्रतिपक्षी दलहरूलाई सभाको गणनाबाटै हटाएका छन् । 

प्रतिपक्ष नभएको अवस्थामा सदनको काम कारबाही चल्न नसक्ने संसदीय अभ्यासको मान्यता छ । तर, उपस्थित भएर नाराबाजी र अवरोध गरिरहेका प्रमुख प्रतिपक्षसहितका प्रतिपक्षीलाई गणनाबाटै हटाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाएको विश्वासको मतको परिणाम घोषणा गरेका हुन् । 

“माननीय सदस्यहरू आजको मतदानमा उपस्थित माननीय सदस्यहरूको संख्या १५८ रहेको छ,” सभामुख घिमिरेले परिणाम घोषणा गर्दै भने, “प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको संविधानको धारा १०० को (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न राख्नुभएको प्रस्तावको पक्षमा अर्थात् हुन्छ भन्ने पक्षमा जम्मा १५७ मत र हुन्न भन्ने पक्षमा शून्य मत र प्रस्तावमा मत दिन्नँ भन्ने पक्षमा जम्मा एक मत रहेको छ ।” 

उनले प्राप्त मत प्रतिनिधिसभाको बहुमत रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएको घोषणा गरे ।
 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १३:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro