site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाली सिनेमाको पोस्टरमा साउथ अभिनेता

काठमाडौं । नेपाली कथानक चलचित्र ‘ह्रस्व दीर्घ’को नयाँ पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा साउथका लोकप्रिय अभिनेता प्रदीप रावत फिचर्ड छन् । 

पोस्टरमा रावत सेतै फुलेको दारीजुंगा र कपालमा देखिएका छन् । पोस्टरले उनी धार्मिक गुरु अथवा कट्टर अनुयायीको भूमिकामा रहेको संकेत गरेको छ । 

सोही पोस्टरमा अभिनेत्री विपना थापा पनि फिचर्ड छिन् । पोस्टरमा विपना थापा आश्चर्य भावमा छिन् । 

अभिनेत्री नीता ढुंगाना र युवा ज्योतिष एवं अभिनेता हरिहर अधिकारीले निर्माण गरेको चलचित्र चन्द्र पन्तले निर्देशन गरेका हुन् । चलचित्र असोज ११ गतेदेखि प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ । 

हरिहर अधिकारीको कथा, नीता ढुंगाना निर्माता रहेको सिनेमामा यी दुई स्वयं मुख्य भूमिकामा छन् । सिनेमामा नीता र हरिहरसँगै विपना थापा, सरोज खनाल, गरिमा शर्मा, सञ्चिता लुइँटेल, बुद्धि तामाङ, किरण केसी, प्रशान्त ताम्राकार, रविन्द्र झालगायत नेपाली कलाकारले अभिनय छ । भारतीय कलाकार विजयसँगै ब्रह्मानन्दमको पनि अभिनय छ ।  

प्रेमकथा रहेको यो चलचित्रको तेस्रो चरणको छायांकन मुम्बईमा हुनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  ११:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro