site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संसद् बैठक चलाउनेबारे सभामुखले प्रमुख सचेतकसँग छलफल गर्दै 
फाइल तस्बिर

काठमाडौं । सभामुख देवराज घिमिरेले आइतबार बोलाइएको प्रतिनिधिसभा बैठक चलाउनेबारे प्रमुख सचेतकसँग छलफल गर्दै छन् । नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा आइतबार बिहान साढे १० बजे सभामुख घिमिरेले संसद् बैठक चलाउनेबारे राजनीतिक दलका प्रमुख सचेतकसँग छलफल गर्न लागेका सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । 

सहकारीको रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको र छानबिनका लागि संसदीय समिति गठनको माग गरेर प्रमुख प्रतिपक्षी दल कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ । 

आइतबार बिहान ११ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको छ । यसअघि सहमतिको प्रयासका लागि सभामुख घिमिरेले प्रमुख सचेतकसँग छलफल गर्न लागेका हुन् । 

साथै, संसदीय समिति गठन गर्न सत्ता र प्रतिपक्षी दल सहमत भएका छन् । तर, समितिको कार्यादेशबारे सहमति जुटाउन कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा समिति गठन गरिएको छ । उक्त समितिको बैठक बसिरहेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  ०९:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro