site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
‘राजस्व नीतिमा प्रभाव पार्ने उद्देश्यले प्रायोजित रूपमा भ्रम छरियो’

काठमाडौं । नेपाल पेयपदार्थ तथा चुरोट उद्योग संघले देशको कुल राजस्वमा सुर्तीजन्य उद्योगको चार प्रतिशतभन्दा बढी योगदान रहेको उल्लेख गरेको छ ।

तर, सरकारको राजस्व नीतिमा प्रभाव पार्ने उद्देश्यले प्रायोजित रूपमा विज्ञापनमार्फत गलत तथ्य प्रकाशन गरी भ्रम छरिएको भन्दै संघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

संघका उपाध्यक्ष नवलकिशोर चौधरीले शुक्रबार जारी गरेको विज्ञप्तिमा वार्षिक बजेट तर्जुमा भइरहेको समयमा गलत र भ्रमपूर्ण रूपमा करको दरको अवस्थाबारे विज्ञापन सम्प्रेषण गर्नु अशोभनीय भएको जनाएका छन् । 

“...चुरोटमा करको भार ३३ प्रतिशत मात्र छ भन्नेजस्ता तथ्यहीन एवं भ्रामक सूचनाबाट नीति निर्माणलाई प्रभावित पार्न खोज्नु यी उद्योगहरूले पुर्‍याएको योगदानलाई नजरन्दाज गर्नु मात्र नभई स्वदेशी औद्योगिक उत्पादनलाई निरुत्साहन गर्नु, आयातित एवं गैरकानुनी वस्तुहरूलाई प्रोत्साहन गर्नु, निहित स्वार्थका लागि राज्यलाई गुमराहमा पार्न खोज्नु हो,” विज्ञप्तिमा उल्लेख छ ।

पूर्ण विज्ञप्ति पढ्नोस्–

af-1716029977.jpg
 

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  १६:४४
प्रतिक्रिया दिनुहोस्