site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस अडिग : सभामुखलाई नमान्ने अवस्था आउन सक्छ

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आफ्नो अडानमा अडिग छ । सहकारीको बचत हिनामिनामा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै छानबिनका निम्ति कांग्रेसले संसदीय समिति गठनको माग गरिरहेको छ ।

बिहीबार बिहान बसेको संसदीय दलको बैठकबाट पनि उक्त माग दोहोर्‍याइएको छ । सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन आफूहरूको ‘मिनिमम’ सर्त भएको एक सांसदले बताए ।

“मिनिमम सर्त संसदीय छानबिन समिति, प्रतिपक्षमा रहेका र नेकपा (एस)सँग छलफल गर्ने,” ती सांसदले बाह्रखरीसित भने ।

संसद्‌मा सभामुख देवराज घिमिरेले बलजफ्ती गरेको कांग्रेस सांसदहरूको निष्कर्ष छ । कांग्रेस सांसदहरूले सभामुख घिमिरे संसदीय मर्यादाभित्र नरहेको दलको बैठकमा बताएको ती सांसदले जानकारी दिए ।

“सभामुखले बलजफ्ती गर्नुभयो । सभामुख संसदीय मर्यादाभित्र रहेनन्,” ती सांसदले भने, “सभामुखलाई मान्दिनँ भन्ने भोलि परिस्थिति आउन सक्छ ।”

कांग्रेसले संसदीय समिति गठनको माग गरिरहेको छ । सत्तापक्षले त्यसलाई अस्वीकार गर्दै आएको छ । सोही कारण बिहीबार संसद् बैठकमा तनाव उत्पन्न भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १०:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro