site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
ट्रम्पलाई साथ दिन अमेरिकी सभामुख नै पुगे अदालत

न्युयोर्क । वास्तविकता लुकाउन एडल्ट फिल्मकी अभिनेत्रीलाई घुस खुवाएको आरोपमा अदालती सुनुवाइको क्रममा रहेका अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई साथ दिन अमेरिकी सभामुख माइक जोहन्सनदेखि रिपब्लिकन नेताहरू अदालत पुगेका छन् । मंगलबार ट्रम्पका पूर्व वकिल माइकल कोहेनसँग सो मामिलामा  सुनुवाइ भइरहेको थियो ।

सोही क्रममा रिपब्लिकनको प्रतिनिधित्व गरेर विभिन्न ओहोदामा रहेका व्यक्तिहरू अदालत पुगेका थिए । मंगलबार सभामुख जोहन्सनले पूर्व राष्ट्रपति ट्रम्पलाई कोर्टहाउसमा गएर भेटेका थिए । उनको साथमा रिपब्लिकनबाट यसअघि राष्ट्रपति पदको दाबी गरेका विवेक रामास्वामी र कंग्रेसम्यान कोरी मिल्ससमेत साथमा रहेका थिए ।

सभामुखले सो अवसरमा मुस्कानसहित टाउको हल्लाएर राष्ट्रपतिलाई अभिवादन गरेका थिए । सो अवसरमा मिडियासँग कुरा गर्दै सुनुवाइ बारे आफ्नो  गम्भीर चासो भएको बताउँदै सुनुवाइलाई लज्जास्पद भएको टिप्पणी गरेका एबीसी न्युजले जनाएको छ । उनले मिडियासँग ट्रम्प आफ्नो मित्र पनि भएकोले उनलाई समर्थन गर्नका लागि उपस्थित बताएका थिए । सभामुखले अहिले ट्रम्पका सम्बन्धमा भइरहेको सुनुवाइलाई न्यायको प्रहसनको रूपमा समेत टिप्पणी गरेका छन् ।

यसअघि ट्रम्पले मानहानी गरेको विषयलाई लिएर अदालतले १० पटकसम्म जरिवाना तोकेकोमा अब पनि मानहानी गरे जेल पठाउने न्यायाधीशले चेतावनी दिएका थिए । तर, सभामुखको अभिव्यक्तिबारे  अदालतको कुनै भनाइ आइसकेको छैन । एबीसी न्युज
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  ०९:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro