site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नेपालमा ३६ प्रतिशतलाई जलवायु परिवर्तनको सम्बन्धमा ज्ञान भएको सर्वेक्षणको प्रतिवेदन

काठमाडौं । नेपालमा ३६ प्रतिशतलाई जलवायु परिवर्तनको सम्बन्धमा ज्ञान भएको देखिएको छ ।  सोमबार राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जलवायु परिवर्तन सर्वेक्षण २०२२ को प्रतिवेदनअनुसार नेपालमा ३६ प्रतिशत जनसंख्यालाई जलवायु परिवर्तनसम्बन्धी ज्ञान भएको देखिएको हो । 

प्रतिवेदनअनुसार २६ प्रतिशत महिलामा र ३९ प्रतिशत पुरुषमा जलवायु परिवर्तनसम्बन्धी ज्ञान भएको देखिएको छ । प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक प्रमोदराज रेग्मीले उनीहरूले रेडियो र टेलिभिजनमार्फत ज्ञान प्राप्त गरेको देखिएको बताए । 

तथ्यांक कार्यालयले २९ जिल्लाका ६ हजार ५२० घरपरिवारमा सर्वेक्षण गरेको उनले जानकारी दिए । सर्वेक्षणका क्रममा अधिकांशले व्यक्तिगत रूपमा जलवायु परिवर्तनको अनुभूति गरेको उनले जानकारी दिए । 

सबैभन्दा बढी २५.२ प्रतिशतले जलवायु परिवर्तनको मुख्य कारण वन विनाश भएको जवाफ दिएका उनले बताए । त्यस्तै, जलवायु परिवर्तनको कारणहरूमा औद्योगिकीकरण, सहरीकरण र अन्य मानवीय कारणहरू पनि रहेको सर्वेक्षणमा सहभागीहरूले जवाफ दिएका निर्देशक रेग्मीले बताए । 

सर्वेक्षणका क्रममा १३ प्रतिशतले प्राकृतिक प्रकोपको सम्बन्धमा रेडियोमार्फत पूर्वसूचना लिने गरेको पनि देखिएको छ । सर्वेक्षणको क्रममा करिव ९० प्रतिशतले तापक्रम परिवर्तनको प्रत्यक्ष अनुभव गरेको बताएका उनले बताए ।
 

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १८:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro