देश
घोराही । दाङको घोराही उपमहानगरपालिका–१०, पहेलपारमा शनिबार (आज) दिउँसो दुई महिलाको हत्या भएको प्रहरीले जनाएको छ ।
सुर्खेत घर भई घोराही–१०, पहेलपारमा बस्दै आएकी अन्दाजी ४४ वर्षीया संगीता सुनार र रुकुम घर भई सोही ठाउँमा बस्दै आएकी अन्दाजी ५० वर्षीया जुतली बुढाको हत्या भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।
हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरी उपरीक्षक केसीले बताए । रासस
प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१ २०:५६
प्रतिक्रिया दिनुहोस्