site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सदनमा कांग्रेसको वेल घेराउ, १५ मिनेटका लागि बैठक स्थगित 

काठमाडौं ।  सदनमा नेपाली कांग्रेसले नाराबाजी गरेको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा कांग्रेसले सहकारीपीडितलाई न्याय दिन माग गर्दै नाराबाजी गरेको हो । 

कांग्रेसका सांसदहरूले ‘संसदीय छानबिन समिति गठन गर’, ‘सहकारी पीडितलाई न्याय दे’, ‘सहकारी  ठगलाई कारबाही गर’लगायतका नारा लगाएका छन् । 

संसदीय छानबिन समिति गठन नगरेसम्म सदन चल्न नदिने कांग्रेसको माग छ । सभामुख देवराज घिमिरेले कांग्रेस सांसदको नाराबाजी चलिरहेका बेला राष्ट्रपतिको पत्र पढेर सुनाउन थालेपछि कांग्रेसका सांसद बेल घेराउमा पुगेका हुन् । उनीहरूले पेलेर जान नपाइने बताए । 

त्यसपछि समामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १६:३१
प्रतिक्रिया दिनुहोस्