site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
‘जसपा नेपालले उन्नति गर्न सकेन, घट्दो साख फर्काउँछौँ’ 
फाइल तस्बिर

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले जनता समाजवादी पार्टी नेपालले उन्नति गर्न नसकेको आरोप लगाएका छन् । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले जनतामा घटेको साख पुनः स्थिापित गर्ने दाबी गरे । 

“जनता समाजवादी पार्टी, नेपालले उन्नति गर्न सकेन । मधेश प्रदेशमा मत घट्दै गएको छ । थुप्रै पार्टी मिलेर साझा उमेदवार बनाए मात्रै चुनाव जित्ने । घट्दो साख पुनःस्थिापित गर्न सकिन्छ भन्नेमा विश्वस्त छौँ,” उनले भने । 

उनले महाधिवेशन अनिमियत ढंगले गर्ने देखिएपछि पार्टी विभाजन भएको बताए । उनले उपेन्द्र यादव स्वेच्छाचारी ढंगले चलेकाले पार्टी विभाजन गर्न अमेरिकाबाट फर्कने बेलासम्म कुर्न नसकिएको बताए । 

“परिस्थिति विस्फोटक भइसकेको छ । उपेन्द्रको नेतृत्वमा जान सकिँदैन भन्नेमा पुगिएको छ । अमेरिकाबाट फर्कंदासम्म कुरेर मिलेर छुटिने कुरा त भएन,” उनले भने ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १५:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro