site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतीय सेना फिर्ताको एक दिनअघि दिल्ली पुग्दै माल्दिभ्सका विदेशमन्त्री

नयाँ दिल्ली । भारतसँग तनावपूर्ण सम्बन्ध रहेको माल्दिभ्सका विदेशमन्त्री मूसा जमिर आज भारत भ्रमणमा आउन लागेका छन् । 

माल्दिभ्सबाट भारतीय सैनिक फिर्ताको डेडलाइनभन्दा एक दिन पहिला विदेशमन्त्री जमिरको भ्रमणलाई धेरैतिरबाट चासोका साथ हेरिएको पाइएको छ ।

यसअघि माल्दिभ्सका पर्यटनमन्त्री इब्राहिम फैसलले भारतीय पर्यटकलाई माल्दिभ्स आउनका लागि अपिल गरेका थिए । उनले भारत र माल्दिभ्सको सम्बन्धको इतिहास रहेको जनाउँदै भारतले पहिले पनि माल्दिभ्सलाई मदत गरेको र फेरि एक पटक दुवै देश मिलेर काम गर्नुपर्ने जनाएका छन् ।

यसै वर्ष भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लक्ष्यदीपको भ्रमणका क्रममा माल्दिभ्सका केही अधिकारीहरूले आपत्तिजनक टिप्पणी गरेको आरोपमा भारतीय पर्यटकले ‘माल्दिभ्स बायकट्’को अभियान चलाएका थिए । त्यसपछि माल्दिभ्स जाने भारतीय पर्यटकको संख्या घटेको थियो । 

सन् २०२३ मा माल्दिभ्स जाने भारतीय पर्यटक रुसपछि दोस्रो स्थानमा रहेका थिए । तर, विवादका कारण जनवरी २०२४ मा भारतीय पर्यटक संख्या घटेर पाँचौँ स्थानमा पुगेको थियो । माल्दिभ्सको जीडीपीमा पर्यटनको हिस्सेदारी ३० प्रतिशत रहेको छ । साथै, त्यहाँ ६० प्रतिशत विदेशी मुद्रा पर्यटन उद्योगबाट नै आइरहेको छ । त्यसैले माल्दिभ्सका विदेशमन्त्रीको पछिल्लो भ्रमण भारतसँगको सम्बन्ध सुधारका लागि भएको  अनुमान गरिएको छ । बीबीसी

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १०:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro