site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सात सांसदलाई विश्वासको मतमा सामेल गराउन नमिल्ने भन्दै सभामुखलाई उपेन्द्रको पत्र 
फाइल तस्बिर ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल फुटाएका सात सांसदलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विश्वासको मतमा सामेल गराउन नमिल्ने भन्दै सभामुख देवराज घिमिरेलाई पत्र पठाएका छन् । उनले निर्वाचन आयोगबाट भएको दल विभाजनको निर्णय सर्वोच्च अदालतले यथास्थितिमा राख्न आदेश दिएको जानकारी गराएका हुन् ।

उनले अदालतको अर्को आदेश नआउँदासम्म सांसदहरू अशोककुमार राई, नवलकिशोर साह सुडी, रञ्जुकुमारी झा, वीरेन्द्रप्रसाद महतो, प्रदीप यादव, हसिना खान र सुशीला श्रेष्ठ प्रधानमन्त्रीको विश्वासको मतमा सामेल हुन हुन नपाउने जिकिर गरेका छन् ।

“...सम्माननीय प्रधानमन्त्रीले लिने विश्वासको मतको प्रक्रियालगायत प्रतिनिधिसभाको कुनै पनि गतिविधिहरूमा सम्मानित सर्वोच्च अदालतबाट अन्तिम आदेश नआउन्जेल सामेल गराउन नमिल्ने भएकोले सो व्यहोराको सूचितसहित जानकारी गराउँदै सम्मानित सर्वोच्च अदालतको अन्तरिम आदेश समेत पालनाको लागि हार्दिक अनुरोध छ,” संघीय संसद् सचिवालयमा दर्ता गरिएको पत्रमा उल्लेख छ ।

जसपा, नेपालबाट विभाजित भई दर्ता गरिएको जनता समाजवादी पार्टी असंवैधानिक रहेको भन्दै यादवले यसअघि नै सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमाथि सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

यसैबीच, प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभा बैठकमा सोमबार (भोलि) लिन लागेको विश्वासको मत रोक्न उनले आइतबार सर्वोच्चमा अर्को रिट दायर गरेका हुन् ।

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १८:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro