site stats
बाह्रखरी :: Baahrakhari
विदेश
‘हार्ट ल्याम्प’ पुस्तकको लागि अन्तर्राष्ट्रिय बुकर पुरस्कार जितेर बानु मुश्ताकले रचिन् इतिहास

काठमाडौं । भारतीय लेखिका, वकिल र अधिकारवादी बानु मुश्ताकले लघुकथा संग्रह ‘हार्ट ल्याम्प’को लागि अन्तर्राष्ट्रिय बुकर पुरस्कार जितेर इतिहास रचेकी छिन् । कन्नड भाषामा लेखिएको यो पहिलो पुस्तक हो जसले यो प्रतिष्ठित पुरस्कार प्राप्त गरेको छ । ‘हार्ट ल्याम्प’को कथाहरू अंग्रेजीमा दीपा भास्तीले अनुवाद गरेकी छिन् ।

सन् १९९० देखि २०२३ सम्म मुश्ताकले लेखेका १२ वटा लघुकथाहरू समावेश गरिएको । ‘हार्ट ल्याम्प’ले दक्षिण भारतका मुस्लिम महिलाहरूको जीवनका कठिनाइहरू मार्मिक रूपमा चित्रण गरेको छ । मुश्ताकले प्राप्त गरेको यो पुरस्कार धेरै महत्त्वपूर्ण छ किनभने यसले उनको कार्यमात्र होइन, भारतको समृद्ध क्षेत्रीय साहित्यिक परम्परालाई पनि उजागर गर्दछ ।

यसअघि, सन् २०२२ मा गीताञ्जली श्रीको ‘टोम्ब अफ स्यान्ड’ले यही पुरस्कार जितेको थियो । ‘टोम्ब अफ स्यान्ड’को हिन्दीबाट अंग्रेजीमा डेजी रकवेलले अनुवाद गरेकी थिइन् ।

पुस्तकप्रेमीहरूका बीच बानु मुश्ताकको लेखन परिचित छ । तर, अन्तर्राष्ट्रिय बुकर पुरस्कारले उनको जीवन र साहित्यलाई विश्वसमक्ष प्रस्तुत गरेको छ । उनको साहित्यले धार्मिक संकीर्णता र पितृसत्तात्मक समाजले महिलाहरूमाथि ल्याउने चुनौतीहरूको झलक दिन्छ । उनको यही जागरूकताले नै मुश्ताकलाई सूक्ष्म पात्र र कथानक निर्माण गर्न मद्दत गरेको हुनसक्छ ।

‘इन्डियन एक्सप्रेस’मा प्रकाशित समीक्षामा यो पुस्तकको बारेमा लेखिएको छ– “जहाँ साहित्यमा प्रायः ठूला कथानकहरूलाई पुरस्कृत गरिन्छ त्यर्हाँ हार्ट ल्याम्प’ हाशियाका जीवनहरूको बारेमा छ । यो पुस्तक अनदेखिएका विकल्पहरूको बारेमा सूक्ष्म दृष्टिकोणमा आधारित छ । र यही नै यसको शक्ति हो । यही बानु मुश्ताकको मौन शक्ति हो ।”

मुश्ताक कर्नाटकको सानो सहरको मुस्लिम बस्तीमा हुर्किएकी हुन् र आफ्नो वरिपरिका धेरै छोरीहरूजस्तै उनले पनि उर्दू र कुरान अध्ययन गरेकी थिइन् । तर सरकारी कर्मचारी रहेका उनका बुबा बानु मुश्ताकले सामान्य विद्यालयमा पढोस भन्ने चाहन्थे । जब उनी आठ वर्षकी थिइन्, उनका बुबाले उनलाई कन्नड भाषामा पढाइ हुने कन्भेन्ट स्कुलमा भर्ना गराए ।

विवाहपछिको जीवन
मुश्ताकले कन्नड भाषामा निपूर्ण हुन कडा मेहनत गरे । पछि यही भाषा उनको साहित्यिक अभिव्यक्तिको माध्यम बन्यो । स्कुलकै दिनदेखि उनले लेख्न थालिन् । जब उनका साथीहरूले विवाह गर्न थाले बानु मुश्ताकले कलेज जाने विकल्प रोजिन् ।

मुश्ताकको लेखन प्रकाशिन हुन धेरै वर्ष लाग्यो । यो तब मात्र भयो जब उनी आफ्नो जीवनका सबैभन्दा चुनौतीपूर्ण क्षणहरूबाट गुज्रिरहेकी थिइन् । २६ वर्षको उमेरमा आफ्नो मनपराएको व्यक्तिसँग विवाह गरेको एक वर्षपछि उनको लघुकथा स्थानीय पत्रिकामा प्रकाशित भयो । तर, उनको प्रारम्भिक वैवाहिक जीवन संघर्ष र कलहले भरिएको थियो । उनले यस बारेमा धेरै पटक खुलस्त रूपमा कुरा गरेकी छिन् ।

भोग पत्रिकालाई दिएको अन्तर्वार्तामा उनले भनेकी थिइन्, “म सधैँ लेख्न चाहन्थे, तर लेख्न केही थिएन । त्यसपछि प्रेम विवाहपछि अचानक मलाई बुर्का लगाउन लगाइयो र सम्पूर्ण जीवन घरेलु कार्यमै बिताउन भनियो । २९ वर्षको उमेरमा म सुत्केरीपछिको डिप्रेसनबाट पीडित बनेँ । ”र्द वीक’ पत्रिकालाई दिएको अर्को अन्तर्वार्तामा उनले कसरी जीवन घरभित्र सीमित भएर रह्यो भन्ने बारेमा बताइकी छिन् ।

अवस्थाविरुद्धको विद्रोह
यसपछि, एक आश्चर्यजनक विद्रोहले बानु मुश्ताकलाई मुक्त गर्‍यो । उनले पत्रिकालाई भनिन्, “एकपटक चरम निरासाको क्षणमा मैले आफैँमा पेट्रोल छर्केर आगो लगाउन लागेँ । भाग्यवस, मेरो पतिले यो समयमै देखे । उनले मलाई अँगालो मारे र सलाई खोसेर टाढा फ्याकिदिए । त्यसपछि बच्चालाई मेरो खुट्टामा राखेर उनीहरूलाई छोडेर नजान मलाई विन्ती गरे ।”

हार्ट ल्याम्प’मा उनका महिला पात्रहरू यही प्रतिरोध र विद्रोहको भावनालाई प्रतिबिम्बित गर्छन् र्। इन्डियन एक्सप्रेस’मा प्रकाशित समीक्षा अनुसार, “मूलधारका भारतीय साहित्यमा मुस्लिम महिलाहरूलाई प्रायः एकै खालको सपाट रूपमा प्रस्तुत गरिन्छ । मुश्ताकले यसलाई अस्वीकार गरिन् । उनका पात्रहरू परिश्रमी छन्, सौदावाजी गर्छन् र कहिलेकाहीँ विरोध पनि जनाउँछन् । यो विरोध त्यस्तो होइन जसले हेडलाइन बनाओस्, तर यस्तो हो जसले उनीहरूको जीवनमा परिवर्तन ल्याउँछ ।”

महिला अधिकारको लागि उठाइएको आवाज
मुश्ताकले एक प्रमुख स्थानीय ट्याब्लोइडमा रिपोर्टरको रूपमा काम गरिन् र पर्छि बान्दाया आन्दोलन’सँग पनि जोडिन् । यो आन्दोलन साहित्य र सामाजिक सक्रियताको माध्यमले सामाजिक तथा आर्थिक अन्यायको विरुद्ध संघर्ष गर्ने उद्देश्यले चलिएको थियो ।

एक दशकसम्म पत्रकारिता गरेपछि उनले आफ्नो परिवारलाई सहयोग गर्न वकालत सुरू गरिन् । आफ्नो दशकौँ लामो गज्जवको व्यावसायिक जीवनमा उनका धेरै रचनाहरू प्रकाशित भएका छन्, जसमा ६ वटा लघुकथा संग्रह, एक निबन्ध संग्रह र एक उपन्यास समावेश छन् ।

तर, उनको उत्कृष्ट लेखनले उनी घृणाको निसानामा पनि परेकी छिन् र्। द हिन्दु’ अखबारलाई दिएको अन्तर्वार्तामा उनले कसरी सन् २००० मा उनलाई धम्की दिइएको थियो भनेर बताएकी छिन् । किनभने उनले मस्जिदमा महिलाहरूले नमाज पढ्न पाउने अधिकारको पक्षमा आफ्नो विचार राखेकी थिइन् । उनीविरुद्ध फतवा जारी गरियो र एक व्यक्तिले उनीमाथि चक्कु हान्ने प्रयास गर्‍यो तर उनका पतिले उसलाई समयमै रोक्न सफल भए ।

यो घटनाले मुश्ताकलाई दबाउन सकेनन् र उनले निष्ठापूर्वक लेख्न जारी राखिन् र्। द वीक’ पत्रिकालाई उनले भनेकी थिइन्, “मैले सधैँ अन्धविश्वासमा आधारित धार्मिक व्याख्याहरूलाई चुनौती दिएँ । यी मुद्दाहरू मेरो लेखनको केन्द्रमा रहेका छन् । समाज धेरै परिवर्तन भएको छ, तर आधारभूत समस्याहरू अहिले पनि त्यस्तै छन् । सन्दर्भ बदलिए पनि महिलाहरू र सीमान्तकृत समुदायहरूको मौलिक संघर्ष अझै जारी छ ।”

विगतका केही वर्षहरूमा मुश्ताकले कर्नाटक साहित्य एकेडेमी पुरस्कार र दाना चिन्तामणि अत्तिमाबे पुरस्कार जस्ता प्रतिष्ठित स्थानीय तथा राष्ट्रिय पुरस्कारहरू जितेकी छिन् ।

सन् २०२४ मा, १९९० देखि २०१२ सम्म प्रकाशित उनका पाँच लघुकथा संग्रहहरूको अंग्रेजी अनुवादित संकलर्न हसीना एन्ड अदर स्टोरीज’ले प्रतिष्ठिर्त पेन ट्रान्सलेसन प्राइज’ पनि जितेको थियो ।

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  २३:४५
प्रतिक्रिया दिनुहोस्