site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतमा सांसदकाे यौन उत्पीडनमा परेका महिलाले छाडे गाउँ 
Sarbottam CementSarbottam Cement

कर्णाटक । भारतका जेडीएस सांसद प्रज्ज्वल रेवन्ना जोडिएको यौन उत्पीडनको भिडियो सार्वजनिक भएपछि पीडित महिलाहरू सार्वजनिक सम्पर्कमा नरहेको बताइएको छ । सो भिडियो सार्वजनिक भएपछि कयौँ महिलाको पहिचान सार्वजनिक भएको थियो । त्यसैले गर्दा उनीहरू सुरक्षाका कारण सार्वजनिक सम्पर्कमा नआएको बताइएको छ । 

रेवन्नालाई अहिले उनको पार्टीले निस्कासन गरेको छ भने उनकाेबारेमा सरकारी निकायले जाँच गरिरहेको जनाइएको छ । रातो पासपोर्ट लिएर उनी जर्मनी तर्फ भागेकोमा प्रहरीले ब्लु नोटिस जारी गरी फिर्ता ल्याउने प्रयास समेत गरेको एजेन्सीहरूले जनाएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

इण्डियन एक्सप्रेसका अनुसार जो महिलाको पहिचान सार्वजनिक भएको थियो, उनीहरूलाई स्थानीय कस्बे गाउँमा बस्न असजिलो भएको छ । उनीहरूले परिवारसहित गाउँ छोडेको जनाइएको छ । रेवन्नासँगको यौन भिडियोको मामिला फैलिएपछि ती महिला पछिल्ला १० दिनदेखि  घर छोडेर हिँडेका छन् ।

ती महिला हासन जिल्लामा रहेका थिए । हासन जेडिएसको गढ मानिन्छ र रेवन्ना पार्टी प्रमुख हुन् । प्रज्जवल २६ अप्रिलमा मतदान सकिएलगत्तै भागेका थिए भने उनका बाबु एचडी रेवन्ना पनि एक महिलाको अपहरणको मामिलामा अहिले पक्राउ परेका छन् । उनीमाथि एक महिलालाई उजुरी हाल्नबाट रोकेको भन्ने आरोप लगाइएको छ ।

Global Ime bank

हासन सहरबाट २० किमी टाढाको हैगरे गाउँका एक पसलेले  जिल्ला नै एचडी रेवन्नाको नियन्त्रणमा रहेको र उनका विरुद्धमा कोही पनि बोल्न नसक्ने जनाएका छन् । प्रज्ज्वलको विरुद्धमा पहिलो उजुरी २८ अप्रिलमा दर्ता गर्ने महिलाको परिवारले अहिले घर छोडेर हिँडेको जनाइएको छ ।

उनका छिमेकीका अनुसार ती महिला रेवन्नाको घरमा घरेलु कामदारका रूपमा काम गर्थिन् । उनको घरमा अहिले ताला लागेको छ । कहाँ गइन् भन्ने बारेमा छिमेकीलाई केही थाहा छैन ।

सोही गाउँमा रहने स्थानीय जेडिएस नेताका अनुसार अहिले पार्टीका कयौं महिला सोसल मिडियामा प्रज्ज्वलका साथमा रहेका आफ्ना तस्बिर हटाइरहेका छन् । कतिपय पुरुषले आफ्ना पत्नीलाई सांसदसँगको सम्बन्धका बारेमा प्रश्न गरिरहेको जनाइएको छ । घर छोडेर हिँडेका महिलाहरू कहिले फर्किन्छन् भन्नेबारेमा कसैलाई पनि जानकारी नभएको बताइएको छ । बीबीसी
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १०:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement