site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
बायर लेभरकुजेन सिजनभर अपराजित

काठमाडौं । जर्मन बुन्डेसलिगा च्याम्पियन बायर लेभरकुजेनले अपराजित रहँदै सिजनको अन्त्य गरेको छ ।

शनिबार २०२३–२४ सिजनको अन्तिम खेलमा लेभरकुजेनले असबर्गविरुद्ध २–१ को जित निकालेको हो । लेभरकुजेनललाई जित दिलाउन भिक्टर बोनिफेस र रोबर्ट एन्ड्रिचले गोल गरे । असबर्गका मेर्ट कोमुरले गोल फर्काएका थिए ।

खेलको १२औँ मिनेटमा बोनिफेसको गोलमा लेभरकुजेनले अग्रता बनाएको थियो । २७औँ मिनेटमा एन्ट्रिचले गोल गरेपछि पहिलो हाफमा लेभरकुजेनले २–० को अग्रता बनाएको थियो । ६२औँ मिनेटमा कोमुरले गोल गर्दै असबर्गलाई २–१ को अवस्थामा ल्याए पनि टिमको हार टार्न भने सकेनन् ।

जितसँगै जाभी अलोन्सोको टोली लेभरकुजेनले ३४ खेलबाट ९० अंक जोड्न सफल रह्यो । सिजनको अन्त्यसम्मै अपराजित रहेको लेभरकुजेनले २८ खेलमा जित निकाल्दा ६ खेलमा बराबरीको नतिजा आत्मसात गरेको हो ।

यो सिजन साविक विजेता बायर्न म्युनिखले भने तेस्रो स्थानमा रहँदै सिजनको अन्त्य गरेको छ  भीएफबी स्टुटगार्टभन्दा एक अंकले पछि परेको बायर्नले ३४ खेलबाट ७२ अंक जोड्यो ।

३४ खेल खेल्दा असबर्गले भने ३७ अंकसहित ११औँ स्थानमा रहँदै सिजनको अन्त्य गरेको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  ०५:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro