site stats
बाह्रखरी :: Baahrakhari
देश
जमुनाहा नाका आजदेखि दुई दिन बन्द
फाइल तस्बिर ।

नेपालगन्ज । बाँकेको नेपाल–भारत जमुनाहा नाका आज (शनिबार)देखि दुई दिनका निम्ति बन्द गरिने भएको छ ।

भारतको उत्तर प्रदेश राज्यको बहराइच जिल्लामा हुन लागेको लोकसभा निर्वाचनका निम्ति सीमानाका आज राति साढे १० बजेदेखि सोमबार बेलुका ५ बजेसम्म दुई दिन बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । भारतमा सोमबार निर्वाचन हुँदै छ । 

Argakhachi Cement Island Ad

खुला सीमाका कारण निर्वाचनका बेला सुरक्षा चुनौतीलाई मध्यनजर गरी  भारतीय सुरक्षा निकायबाट पत्राचार भएअनुसार सीमानाका बन्द गर्न लागिएको बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले जानकारी दिए । नेपाल र भारत दुवै देशमा विभिन्न तहका निर्वाचन हुने समयमा विगतमा पनि सीमानाका बन्द गरिँदै आएको थियो ।

यसअघि, गएको साता पनि भारतको बहराइच जिल्लाको बहराइचमा निर्वाचन भएकाले ७२ घण्टाका निम्ति जमुनाहा नाका बन्द गरिएको थियो । रासस

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  २०:१३
प्रतिक्रिया दिनुहोस्