site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
लन्डनको मेयरमा तेस्रोपटक सादिक खान निर्वाचित
Sarbottam CementSarbottam Cement

लन्डन । बेलायतको राजधानी लन्डनको मेयर पदमा तेस्रोपटक विपक्षी लेबर पार्टीका सादिक खानले विजय हासिल गरेका  छन् । उनलाई कुल खसेको मतमा ४३ प्रतिशतभन्दा बढी मत प्राप्त भएको थियो ।

खानले  सत्तारुढ  कन्जरभेटिव पार्टीका उमेदवार सुसैन हललाई दुई लाख ७६ हजार मतले पछाडि पारेका थिए ।   तीन वर्षअघि भएको चुनावमा भन्दा यसपालि खानले ७ प्रतिशत बढी मत पाएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

विजयी भएपछि खानले प्रतिक्रिया दिँदै भने, “मैले माया गर्ने सहरको सेवा गर्न पाउनु मेरो जीवनकै सम्मान हो ।”

लन्डनको चुनावले निकट भविश्यमा हुने संसदीय निर्वाचनको पनि संकेत गरेको मानिएको छ । लन्डन मेयरको पद फेरि पनि विपक्षी पार्टीमै गएपछि प्रधानमन्त्री ऋषि सुनकलाई थप दबाब परेको छ ।

Global Ime bank

खान पहिलोपटक सन २०१६मा लन्डनको मेयर पदमा निर्वाचित भएका थिए । सुन्नी मुस्लिम समुुदायका ५३ वर्षीय खान लन्डनमै जन्मिएको भए पनि उनका हजुरबुबा भने भारतको लखनउका हुन् । प्रधानमन्त्री सुनक र मेयर खान दुवै भारतीय मुलका हुन् । बीबीसी
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १०:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement