site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इजरायलकै समर्थक देशहरूले भने– रफाहमा संयमता अपनाऊ

रोम । इजरायलका समर्थक मुलुकसहित १३ पश्चिमी मुलुकले इजरायललाई रफाहमा ठूलो मात्रामा आक्रमण नगर्न अपिल गरेका छन् । शुक्रबार एक अपिलमार्फत उनीहरूले रफाहमा पूर्णस्तरको सैन्य कारबाहीको आफूहरू विरोधमा रहेको दोहोर्‍याएका हुन् ।

“यसले नागरिक जनसंख्यामा विनाशकारी परिणाम ल्याउनेछ,” ती मुलुकका विदेशमन्त्रीहरूद्वारा आफ्ना इजरायली समकक्षी इजरायल काट्जलाई पठाइएको र सार्वजनिक गरिएको अपिलमा भनिएको छ ।

हस्ताक्षरकर्ताहरूमा अस्ट्रेलिया, संयुक्त अधिराज्य, क्यानाडा, जापान, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोपेली संघ (ईयू) का सदस्य मुलुकहरू डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्ड्स र स्विडेन छन् ।

Dabur Nepal
NIC Asia

मन्त्रीहरूले गाजामा अन्तर्राष्ट्रिय सहायताको प्रवाहमा सुधारका लागि प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको मन्त्रिपरिषद्ले अपनाएको हालैको उपायहरूको स्वागत गरेका छन् । तर, ‘थप कदम’ का लागि आह्वान गरेका छन् ।

“मानवीय सहायतालाई रफाहसहित सबै प्रासंगिक क्रसिङ विन्दुमार्फत गाजा पट्टीमा प्रवेश गर्न दिन हामी इजरायल सरकारसँग आग्रह गर्दछौँ,” उनीहरूले भनेका छन् ।

उनीहरूले इजरायलसँग ‘नागरिक, अन्तर्राष्ट्रिय तथा स्थानीय मानवीय सहायता कार्यकर्ता र पत्रकारहरूको सुरक्षाका लागि ठोस कदम’ चाल्न आह्वान गरेका छन् ।

अपिलमा ‘स्थायी युद्धविराम’को पनि आह्वान गरिएको छ । मन्त्रीहरूले इजरायलसँग सहायताका लागि ‘गाजामा सबै सम्भावित भूमिगत आपूर्ति मार्ग खोल्न’, ‘विद्युत्, पानी र दूरसञ्चार सेवाहरू पुनः सुरु गर्न’ र ‘गम्भीररूपमा आवश्यक वस्तुहरूको आपूर्ति, विशेषगरी चिकित्सा आपूर्ति’ लाई बढावा दिन आग्रह गरेका छन् ।

अन्त्यमा उनीहरूले इजरायलसँग ‘हाम्रा सबै नागरिक, योग्य व्यक्ति र विदेशमा मानवीय वा चिकित्सा कारणले स्थानान्तरण हुनका लागि भर्ना भएका प्यालेस्टिनीहरूका लागि निकास परमिट जारी गरेर थप निकासी सुविधा प्रदान गर्न’ आह्वान गरेका छन् ।

युद्ध सुरु भएको आठ महिनापछि इजरायलले दक्षिणी सहरमा हजारौँ विस्थापित प्यालेस्टिनीका लागि अन्तर्राष्ट्रिय चिन्ताका बावजुद रफाहमा आफ्नो स्थल आक्रमणलाई तीव्र बनाउने वाचा गरिरहेको छ ।

गाजामा इजरायली घेराबन्दीले २४ लाख मानिसका लागि खाद्यान्नका साथै सुरक्षित पानी, औषधि र इन्धनको चरम अभाव ल्याएको छ । 

गत साता इजरायली सेनाले रफाह क्रसिङको गाजा क्षेत्रमा नियन्त्रण गरेपछि कहिलेकाहीँ सहायता गाडीहरूको आगमनमा कमी आएको छ । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  २०:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro