site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
ओपनएआई र फाइनान्सियल टाइम्सबीच पत्रकारिताका कन्टेन्ट प्रयोग गर्ने सम्झौता
तस्बिर : एपी ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । ओपनएआईको आर्टिफिसियल इन्टेलिजेन्सी (एआई) च्याटबट च्याटजीपीटीमा आफ्नो कन्टेन्ट प्रयोग गर्न दिनेबारे बेलायती पत्रिका फाइनान्सियल टाइम्स (एफटी)ले सम्झौता गरेको छ ।

आफ्नो च्याटबटलाई प्रशिक्षण गर्न कन्टेन्ट प्रयोग गरेबापत ओपनएआईले एफटीलाई भुक्तानी गर्नेछ । तर, कति रकम भुक्तान गर्छ भन्ने विषय सार्वजनिक गरिएको छैन ।

Prabhu Bank
Agni Group
NIC Asia

सम्झौताअनुसार च्याटजीपीटीका प्रयोगकर्ताले एफटीको उद्धरण, सारांश र समाचार तथा लेखको लिंक प्राप्त गर्नेछन् ।

एफटी ग्रुपका प्रमुख कार्यकारी जोन रिडिङले एआई कम्पनीले प्रकाशकलाई उनीहरूका सामग्रीका निम्ति भुक्तानी गर्नु राम्रो विषय भएको बताएका छन् ।

Global Ime bank

मानिसले सोधेका प्रश्नबारे इन्टरनेटमा सोधखोज गरेर मानिसले जस्तै जवाफ दिने च्याटबटको प्रयोग बढ्न थालेको छ ।

ओपनएआईले यसअघि नै अमेरिकी समाचार एजेन्सी एसोसिएटेड प्रेस, फ्रान्सेली ले मोन्डे, प्रिसा मिडिया र जर्मनीको एक्सेल स्प्रिंगरसँग यस्तै सम्झौता गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १५:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय