site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
स्थिर बजारमा फाइनान्स कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइतबारकै विन्दुमा बन्द भएको छ । सोमबार दिनभरि बजारमा उतारचढाव देखिएको भए पनि अन्तिम समयमा बजार आइतबारकै विन्दुमा बन्द भएको हो ।

आइतबार बजार १९८० विन्दुमा बन्द भएको थियो । सोमबार पनि सोही विन्दुमा बजार बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्स)का अनुसार, सोमबार दुई अर्ब ९५ करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

Argakhachi Cement Island Ad

यस दिन ९९ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १२८ कम्पनीको सेयर मूल्य घटेको छ । १७ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

कारोबारमा आएका १३ समूहमध्ये फाइनान्स समूहको परिसूचक सर्वाधिक बढेको छ । यो समूहको परिसूचक ४.१७ प्रतिशतले वृद्धि भएको छ । यस समूहअन्तर्गतका फाइनान्स कम्पनीको सेयर मूल्य सोमबार सर्वाधिक वृद्धि भएको छ । पोखरा फाइनान्स र जानकी फाइनान्सको सेयर मूल्य सोमबार १० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

सोमबार पोखरा फाइनान्सको सेयर मूल्य प्रतिकित्ता ७३१ रुपैयाँ कायम भएको छ । त्यस्तै जानकी फाइनान्सको सेयर मूल्य प्रतिकित्ता ५१७ रुपैयाँ कायम भएको छ । त्यस्तै, नेपाल फाइनान्सको सेयर मूल्य ९.९८ प्रतिशतले वृद्धि भएको छ ।

सर्वाधिक कारोबार हुनेमा पनि फाइनान्स कम्पनी नै छन् । पोखरा फाइनान्सको १७ करोड ५४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १५:३३
प्रतिक्रिया दिनुहोस्