अर्थ व्यवसाय
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य घटेर कारोबार भइरहेको छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ घटेर कारोबार भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार ६०० रुपैयाँमा करोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी प्रतितोला पाँच रुपैयाँ बढेर एक हजार ६६५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला एक हजार ६६० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१ ११:३७
प्रतिक्रिया दिनुहोस्