site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
देशभित्र बढेका रुसी र चिनियाँ जासुसका कारण जर्मनी हैरान

बर्लिन । रुसी र चिनियाँ जासुसबाट जर्मनी हैरान भएको छ । यो महिना (अप्रिल)को सुरुदेखि हालसम्म जासुसीको आरोपमा त्यहाँ ६ व्यक्ति पक्राउ परिसकेका छन् । दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी भन्ने पार्टी नै त्यस कार्यमा संलग्न हुनुले जर्मनीलाई झस्काएको छ ।

आउँदो जुनमा हुन लागेको युरोपेली निर्वाचनमा सो पार्टीका तर्फबाट दुई उमेदवार रहेका व्यक्ति नै जासुसीमा संलग्न भएको पाइएको छ । पार्टीका नेता म्याक्सिमिलियन क्राहका सहयोगी नै चिनियाँ जासुसका रूपमा पक्राउ परेका छन् । सहयोगी जियान जी चिनियाँ सेक्रेट सर्भिसका कर्मचारी नै रहेको बताइएको छ ।

अभियोजकले राजनीतिज्ञमाथि प्रारम्भिक छानबिन गरिरहेका छन् । उनीहरूमाथि विशेष गरी चीन र रुसका स्रोतबाट भइरहेको ‘पेमेन्ट’का बारेमा छानबिन भइरहेको जनाइएको छ ।

यस्तो कार्यमा सुरुका दिनमा अल्टरनेटिभ पार्टीका दोस्रो वरीयताका नेता पेट्र बाइस्ट्रनको नाम सार्वजनिक गरिएको थियो । रुसी ‘इन्टेलिजेन्स’बाट पैसा लिने गरेको उनीमाथि आरोप थियो ।

रुसी ‘ओरिजिन’का दुई जर्मन नागरिक पनि जर्मनीका तर्फबाट युक्रेनलाई दिइने सहायता अवरुद्ध गर्न लागेको आरोपमा पक्राउ परेका थिए ।

यस्तै, केही दिनअघि मात्र तीन जर्मन नागरिक चीनको गुप्तचरलाई अत्याधुनिक इन्जिन डिजाइन प्रविधि पास गर्न लागेको अभियोगमा पक्राउ परेका थिए । चीन र रुसका गुप्तचर निकाय एकैपटक जर्मनीमा चलखेलमा लागेका यी तीन नेटवर्कमा संलग्न व्यक्ति पक्राउ पर्नुले देखाएको अनुसन्धाताको भनाइ छ ।

तीनै घटनाले जर्मनीको घरेलु इन्टेलिजेन्स एजेन्सी (बीएफभी)को अवस्था अप्ठ्यारोमा देखिएको छ । पक्राउका घटना चान्सलर ओलाफ स्कूल्जले चीनका राष्ट्रपति सी चिनफिङलाई भेटेर फर्किएपछि भइरहेका छन् ।

रुसी सुरक्षा सर्भिसेजका विज्ञ एन्डेइ सोल्दातोभ जर्मनीमा रुसी गतिविधि युक्रेनको सहायतालाई निस्तेज गर्ने प्रयास हुन सक्ने बताउँछन् । यो नयाँखाले गतिविधि भएको उनको टिप्पणी छ । जर्मनीमा ‘मिलिटरी फेसिलिटी’लाई ‘स्याबोटेज’ गर्न यी मानिसले सूचना संकलन गरिरहेका उनको तर्क छ ।

जर्मनीका पूर्वआर्मी अफिसर समेत रहेका विपक्षी सांसद रोडेरिच किसेवेटर भन्छन्, “चीनले जर्मनीको अत्याधुनिक अनुसन्धानमा पहुँच पाउन खोजेको छ, जसबाट मिलिटरी र अन्य उद्देश्यका लागि ऊ त्यसको प्रयोग गर्न चाहन्छ ।” उनले जर्मनीको खुलापनलाई शोषण गरेर चीनले प्रविधिको ज्ञान लिन खोजेको जनाए ।

विज्ञ एन्ड्रेइ सोल्दाटतोभ अरू देशले गुप्तचरलाई पक्राउ नगर्ने बरु उनीहरूको नेटवर्क कहाँ छ भनेर पत्ता लगाउने गरेको बताउँछन् ।

रुसले जर्मनीलाई कूटनीतिक हिसाबले पनि अत्यन्त अपमानजनक व्यवहार गर्दै आएको जनाइएको छ ।

जर्मनीसँग भएका गतिविधि गोप्य नहुने भन्दै विगतमा कतिपय युरोपेली मुलुकले गुनासो गर्दै आएका थिए । हाल रुस वा चीनका उच्चस्तरीय जासुस नै समातिन थालेपछि त्यसपछाडिका कारणको विस्तारै खुलासा पनि हुन थालेको छ । बीबीसीबाट ।

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ०७:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro