site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतीय चुनाव : कंग्रेसले गान्धी परिवारकै गढमा उमेदवारी दिन किन सकेन ?
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । भारतको प्रमुख विपक्षी कंग्रेसको चुनाव समितिको बैठक उत्तर प्रदेशको अमेठी र रायबरेली सिटलाई लिएर कुनै निर्णयमा पुग्न सकेन । समितिका सदस्यले कंग्रेस नेतृत्वलाई पार्टीका पूर्वअध्यक्ष राहुल गान्धीलाई अमेठी र महासचिव प्रियंका गान्धी वाड्रालाई रायबरेलीमा चुनावमा उठाउन आग्रह गरेका थिए । 

द हिन्दु पत्रिकाका अनुसार ती दुई क्षेत्रमा कसलाई उठाउने भन्ने निर्णय गर्न कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गे र गान्धी परिवारलाई जिम्मेवारी दिइएको छ । यो विषयलाई लिएर अब कुनै बैठक नहुने सूत्रलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

पूर्वअध्यक्ष सोनिया गान्धी समेत सो बैठकमा सहभागी रहेकी थिइन् । यद्यपि, यस विषयमा उनले कुनै राय नदिएको बताइएको छ । यी दुई सिटमा २० मेमा मतदान हुँदै छ । त्यहाँ नामांकन गर्ने अन्तिम तिथि ३ मे हो । राहुल गान्धीले केरलको वायनाड लोकसभा सिटबाट उमेदवारी दिएकोमा सो स्थानमा २६ अप्रिलमा मतदान भइसकेको छ । 

उत्तर प्रदेशमा लोकसभाका ८० सिट रहेका छन् र केन्द्र सरकार बनाउन सो राज्यको अहम भूमिका हुने गरेको छ । बिजनेस स्ट्याण्डर्ड अखबारले कंगे्रसका पार्टी अध्यक्ष मल्लिकार्जुन खड्गेलाई उद्धृत गर्दै पार्टीले दुवै क्षेत्रको उमेदवारीबारे चाँडै निर्णय गरिने जनाएको उल्लेख गरेको छ । 

Global Ime bank

राहुल गान्धीले पहिलोपटक सन् २००४ मा अमेठीबाट चुनाव लडेका थिए । त्यसपछि उनले त्यहाँबाट लगातार तीनपटक चुनाव जितेका थिए । सन् २०१९ मा भने उनी अमेठीका अतिरिक्त केरलको वायनाडबाट पनि चुनाव लडेका थिए । अमेठीमा त्यतिबेला तत्कालीन मन्त्री तथा भाजपा नेत्री स्मृति इरानीले उनलाई हराएकी थिइन् । प्रियंकाले यदि रायबरेलीबाट चुनावमा उठ्ने फैसला गरेमा उनको यो पहिलो चुनावी भीडन्त हुनेछ । त्यसमा पहिला सोनिया गान्धीले चुनाव लड्दै आएकी थिइन् । 

सोनिया पहिलोपटक सन् १९९९मा उत्तर प्रदेशको अमेठी र कर्नाटकको बेल्लारी सिटबाट चुनाव जितेकी थिइन् । पछि उनले बेल्लारीबाट राजीनामा दिएकी थिइन् । उनका पति राजीव गान्धी अमेठीबाट चारपटक सांसद चुनिएका थिए । २००४ मा सोनियाले अमेठी क्षेत्र छोरा  राहुललाई छोडेर आफू रायबरेलीबाट लडिन् । भारत स्वतन्त्र भएपछि भएका चुनावमा कंग्रेसले रायबरेली सिटमा १७ पटक चुनाव जितिसकेको छ । 

सबैभन्दा पहिला फिरोज थान्धीले सो सिटमा चुनाव जितेका थिए भने इन्दिरा गान्धीले तीनपटक सोही स्थानबाट चुनाव जितेकी थिइन् । सन् १९७७ मा भने जनता पार्टीका नेता राजनारायणले भने इन्दिरा गान्धीलाई त्यही सिटमा हराएका थिए । त्यहाँबाट सन १९९६ र १९९८मा भाजपालाई पनि जित हासिल भएको थियो । बीबीसी

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १०:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय