site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
महोत्तरीको मटिहानीमा आगलागीले गरेको क्षति पहिचान गर्न टोली परिचालन
Sarbottam CementSarbottam Cement

काठमाडौं । महोत्तरीको मटिहानीमा आगलागीले गरेको क्षति पहिचान तथा राहत एवं पुनर्स्थापनाका लागि समन्वय गर्न टोली परिचालन गरिएको छ ।

आगलागीबाट नष्ट भएका संरचनाबारे वास्तविक अवस्था पहिचान गर्न तथा राहत एवं पुनर्स्थापनाका लागि सम्बन्धित निकायहरूसँग समन्वय र सहजीकरण गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले टोली परिचानल गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

प्राधिकरणका सहसचिव गोगनबहादुर हमालको संयोजकत्वको टोलीमा गृह मन्त्रालयका उपसचिव रमा आचार्य, प्राधिकरणका उपसचिव डा. डिजन भट्टराई र प्राधिकरणकै उपसचिव एवं डढेलो विज्ञ सुन्दर शर्मा छन् ।

बुधबार (वैशाख १२ गते) महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–६, जरलहवा टोलमा ठूलो आगलागी भएको थियो । जरलहवा टोलमा बुधबार दिउँसो १ बजेबाट आगलागी सुरु भएको थियो ।

Global Ime bank

आगलागीमा परी ९१ कच्ची र ९ वटा अर्ध पक्की गरी १०० वटा घर जलेको प्राधिकरणले जनाएको छ । आगलागीले ४५५ व्यक्ति प्रभावित भएको, पाँचवटा बाख्रा र दुईवटा सुंगुर जलेर नष्ट भएको प्राधिकरणले बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।

“प्रभावित परिवारलाई स्थानीय तह, स्थानीय प्रशासन र विभिन्न संघ–संस्थाबाट खाद्यान्न एवं आपत्‌कालीन राहत सामग्री उपलब्ध गराइएको छ,” विज्ञप्तिमा भनिएको छ । 

टोलीले क्षतिको पहिचानका साथै पीडितहरूलाई राहत तथा पुनर्स्थापनाका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहसँग आवश्यक समन्वय गरी आगामी दिनमा गर्नुपर्ने कार्यहरूका बारेमा सुझाव दिनेछ । साथै, जिल्ला विपद् व्यवस्थापन समितिलाई आवश्यक सहयोग तथा सहजीकरण गर्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १८:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !