site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ट्याक्टरले किचेर एकजनाको मृत्यु
प्रतीकात्मक तस्बिर
Dabur Nepal
NIC Asia

मकवानपुर । कैलाश गाउँपालिका–१० सादिखोरियास्थित भित्री सडकखण्डमा बुधबार राति ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलाश–१०, पुरानोगाउँका ३५ वर्षीय प्रदीप वाइबा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

भलटारबाट पुरानो गाउँतर्फ बिजुलीको पोल बोकी जाँदै गरेको बागमती प्रदेश०३–००१ त ०४१९ नम्बरको ट्याक्टरको पछाडि टेलरमा सवार प्रदीपको सोही ट्याक्टरबाट लडेर पछाडिको चक्काले किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए । उनका अनुसार मृतक प्रदीपको शव कानुनी प्रक्रियापश्चात परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइएको छ ।

प्रहरीले ट्याक्टर र ट्याक्टर चालक भीमफेदी गाउँपालिका–९, बागमारा बस्ने ३३ वर्षीय वीरमान स्याङतानलाई नियन्त्रणमा लिई घटनाका बारेमा आवश्यक अनुसन्धान गरिरहेको मकवानपुर प्रहरीले जनाएको छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  ११:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro