site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
पाकिस्तानसँग अमेरिका किन भयो असन्तुष्ट ?
Sarbottam CementSarbottam Cement

इश्लामावाद । इरानका राष्ट्रपति इब्राहिम रइसी पाकिस्तानको तीन दिने भ्रमण पूरा गरी श्रीलंका तर्फ प्रस्थान गरेका छन् ।  २२ अप्रिलबाट सुरु भएको उनको पाकिस्तान भ्रमणको क्रममा रइसी इश्लामावाद, कराची र लाहोर गएका थिए । 

उनले भ्रमणका क्रममा दुई देशको सम्बन्धलाई विश्वको कुनै पनि शक्तिले नोक्सान गर्न नसक्ने बताएका थिए । दुई देशबीच यसक्रममा व्यापारसँग सम्बन्धित कतिपय विषयमा पनि सहमति भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यस भ्रमणलाई लिएर पाकिस्तानलाई अमेरिकाले इरानसँग व्यापारिक सम्बन्ध अघि बढाउनु अघि इरानलाई लगाइएको प्रतिबन्ध याद गर्न पनि सचेत गराएको थियो ।  पाकिस्तानमा गएको फेब्रुवरी महिनामा चुनाव भएपछि कुनैपनि विदेशी नेताको तर्फबाट गरिएको यो पहिलो भ्रमण थियो ।

इरानी राष्ट्रपतिले पाकिस्तान भ्रमणका क्रममा दुई देशबीच आगामी ५ वर्ष सम्म व्यापारिक सम्बन्ध १० अर्ब डलर सम्म पुर्याउने बताएका थिए । इरान र पाकिस्तानबीच २०२२मा व्यापार १ दशमलब ५ अर्ब डलरको रहेको थियो । 

Global Ime bank

जुन अघिल्लो वर्षभन्दा ३८ प्रतिशत बढी हो । इरानी राष्ट्रपतिले पाकिस्तानका सबैजसो उच्च अधिकारीसँग भेट्नुका साथै दुई देशबीच व्यापार, विज्ञान, कृषि, स्वास्थ्य, संस्कृति तथा कानुनी मामिला समेत गरी ८ विषयमा सहयोग आदान प्रदान सम्बन्धी संझौता भएको छ । 

इरानी राष्ट्रपतिको पाकिस्तान भ्रमणका सन्दर्भमा अमेरिका भने असन्तुष्ट देखिएको छ ।  पाकिस्तानको बलेस्टिक मिसाइल कार्यक्रमको सप्लायर्सलाई प्रतिबन्ध लगाउने कुरामा अमेरिकाले मंगलबार जोड दिएको थियो । 

अमेरिकी विदेश मन्त्रालयका उपप्रवक्ता वेदान्त पटेलले भने, “हामी ठूलो परिमाणमा बिनाशकारी हतियार खरिदसँग जोडिएको गतिविधिको खिलाफमा कारवाही जारी राख्नेछौं । त्यो चाहे जहाँसुकै होस ।”

उनले इरानसँग व्यापारिक सौदा गर्ने जुनसुकै देशलाई प्रतिबन्धको सम्भावित जोखिमका बारेमा सतर्क रहन सल्लाह दिइने बताए । बीबीसीबाट 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  ०८:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !