site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
घुस खाएको अभियोगमा रसियामा उच्च रक्षा अधिकारी जेल चलान 

मस्को । रसियाका एक उच्च रक्षा अधिकारी घुस खाएको अभियोगमा कारागार चलान भएका छन् । रक्षा उपमन्त्री टिमुर इभानोभलाई अदालतले सो अभियोगमा जेल पठाइएको हो । 

इभानोभले भने घुस खाएको अस्वीकार गरेका छन् । उनलाई ठूलो परिमाणमा घुस खाएको अभियोग लगाइएको छ । उनी सन २०१६ मा रक्षा मन्त्रालयमा नियुक्त भएका थिए । ४७ वर्षीय इभानोभ रसियाको सैनिक पूर्वाधार परियोजनाका जिम्मेवार व्यक्ति मानिन्थे । 

उनका गतिविधिमाथि भ्रष्टाचार भएको भनेर रसियामा भ्रष्टाचार विरोधीले आलोचना गरिरहेका थिए । २०२२ मा रुसले युक्रेनमा आक्रमण सुरू गरेपछि यसखालको ठूलो भ्रष्टाचार प्रकरण रसियामा पहिलोपटक सार्वजनिक भएको हो । उपमन्त्री इभानोभ रुसी रक्षामन्त्री सर्जेइ शोइगुका सहयोगीका रूपमा कार्यरत थिए । उनी यसअघि मस्को क्षेत्रका उपप्रधानमन्त्रीका रूपमा समेत काम गरिसकेका व्यक्ति हुन् । जहाँ रक्षामन्त्री शोइगु त्यतिबेला गभर्नरको रूपमा काम गरेका थिए । 

सन् २०२२ मा एन्टी करप्सन फाउण्डेसन जो तत्कालीन विपक्षी नेता अलेक्सेइ नाभाल्नीले बनाएका थिए । सो संगठनले इभानोभ भ्रष्टाचारमा संलग्न भएको आरोप लगाएको थियो । उनलाई अहिले अदालतले संरचना निर्माणको क्रममा तेस्रो पक्षलाई सामेल गरेको भन्दै दुई महिनाको लागि जेल पठाएको छ । तर, उनी दोषी सावित भएमा १५ वर्षसम्म जेलमा बिताउनुपर्नेछ ।

उनलाई रसियाको फौजदारी कानुनअनुसार गिरफ्तार गरिएको हो  । जसको भाग ६ को आर्टिकल २९० मा एक मिलियन रुबलभन्दा बढी घुस खाएमा गिरफ्तार गर्ने व्यवस्था रहेको छ । बीबीसी
 

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १५:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro