site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सूर्यज्योतिले मनायो आफ्नो १६औँ वार्षिकोत्सव
Sarbottam CementSarbottam Cement

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले मर्जरको एक वर्ष पूरा भएपछि देशैभरका शाखाहरूमा केक काटेर १६औँ वार्षिकोत्सव मनाएको छ । १५ वर्षको इतिहास बोकेको सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स एक आपसमा मर्जर भएका थिए । मर्जरको छोटो अवधिमा उल्लेखनीय सेवा प्रदान गरी आफूलाई सबल कम्पनीको रूपमा प्रस्तुत गरेको बताइएको छ ।

यी दुई कम्पनी बीच मर्जर भई बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले २०७९ पुस ७ गते संयुक्त कारोबार सुरु गरेको थियो ।  

Prabhu Bank
Agni Group
NIC Asia

वार्षिकोत्सवको अवसरमा प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले कम्पनीलाई १६ वर्षदेखि निरन्तर सफलता प्राप्त गर्न साथ दिएकोमा धन्यवाद दिए । उनले अभिकर्ताहरू, अहोरात्र खट्ने कर्मचारीहरूलाई हौसला प्रदान प्रदान गरेका थिए ।

कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराईले कम्पनीप्रति विश्वास गरी जोडिने सरोकारवालालगायत सदैव मार्गनिर्देशन गर्ने नियमनकारी निकायहरूप्रति कृतज्ञता ज्ञापन गरे ।

Global Ime bank

कम्पनीले नवीनतम प्रविधिमैत्री तथा समयसापेक्ष उत्कृष्ट सेवा पस्कदै आएको र सर्वाधिक ३५ घातक रोगहरूविरुद्ध ५० लाख रूपैयाँसम्मको उपचार खर्चको आर्थिक सुरक्षा दिँदै आएको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  २३:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement