site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
जनकपुरको गेस्टहाउसमा महिला र पुरुष मृत भेटिए 
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

जनकपुर । जनकपुरको एक होटलमा आज दुईजना झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

जनकपुरको रामानन्द चोकमा रहेको होटल होलिडे एन्ड गेस्टहाउसमा एक महिला र एक पुरुष मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

महोतरीको पिपरा गाउँपालिका–३ का ३१ वर्षीय हितेन्द्र पासवान तथा पिपरा नै माइती भएकी महोत्तरी लोहरपटी नगरपालिका–४ की २५ वर्षीया प्रियंका कापर झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

होटलको कोठा नम्बर २०५ मा दुवै जना झुन्डिएको अवस्थामा भेटिएको जिल्लाका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रञ्जन आवाले जानकारी दिए । महिलाको अढाइ वर्षीया छोरी कोठाभित्र रोइरहेको आवाज सुनिएपछि झ्यालबाट हेर्दा दुवैजना झुन्डिएको अवस्थामा भेटिएका थिए ।

Global Ime bank

प्रहरी टोली घटनास्थल पुगेर बालिकालाई कोठाबाट बाहिर निकालेको थियो । दुवैजनाको शव परीक्षणका लागि अस्पताल पठाएर आवश्यक अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

मृतक दुवैजना होटलमा चार दिनदेखि बस्दै आएका थिए । पुरुष पासवानको चार सन्तान र महिला कापरको एक छोरी रहेको जनाइएको छ । ती दुईबीचमा अनैतिक सम्बन्ध हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  २२:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement