site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेपाल–कतार व्यापार : सबैभन्दा धेरै आयात सुनको, अरु के के हुन्छ ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल र खाडी मुलुक कतारबीच अर्बको आँकडामा व्यापार हुने गरेको छ । चालु आर्थिक वर्षको नौ महिनामा कतारसँग नेपालको व्यापार घाटा झन्डै डेढ अर्ब रुपैयाँ छ । आर्थिक वर्ष २०८०/०८१ को ९ महिनामा नेपालले कतारबाट एक अर्ब ५३ करोड ५१ लाख ६७ हजार रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको छ ।

यसअवधिमा नेपालले कतारमा ९ करोड १९ लाख ३९ हजार रुपैयाँको मात्रै निर्यात गरेको छ । यसरी नेपाल कतारसँग एक अर्ब ४४ करोड ३२ लाख २८ हजार रुपैयाँ व्यापार घाटामा छ । गत आर्थिक वर्ष २०७९/०८० मा कतारबाट नेपालले १३ अर्ब ३० करोड ६९ लाख १६ हजार रुपैयाँको आयात गरेको थियो । नेपालले ११ करोड ६ लाख ८८ हजार रुपैयाँको मात्रै निर्यात गर्दा गत आर्थिक वर्षमा कतारसँगको व्यापार घाटा १३ अर्ब १९ करोड ६२ लाख २८ हजार रुपैयाँ थियो ।

आर्थिक वर्ष २०७८/०७९ मा कतारबाट नेपालले तीन अर्ब ३० करोड ६३ लाख ३४ हजार रुपैयाँको वस्तु तथा सेवा आयात गरेको थियो । त्यसवर्ष नेपालले चार करोड ८० लाख ९८ हजार रुपैयाँको निर्यात गर्दा व्यापार घाटा तीन अर्ब २५ करोड ८२ लाख ३५ हजार रुपैयाँ थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

आर्थिक वर्ष २०७७/०७८ मा कतारबाट ३० करोड ८० लाख ६७ हजार रुपैयाँको आयात भएको थियो भने पाँच करोड ६१ लख १२ हजार रुपैयाँको निर्यात भएको थियो ।

सबैभन्दा धेरै आयात हुनेमा सुन 
कतारबाट सबैभन्दा धेरै आयात हुनेमा कुनै स्वरुपमा नढालिएको सुन रहेको छ । आर्थिक वर्ष २०७८/०७९ मा कतारबाट करिब दुई अर्ब ५० करोड रुपैयाँ बराबरको सुन आयात भएको थियो । गत आर्थिक वर्षमा नेपालले कतारबाट ११ अर्ब १४ करोड ४७ लाख ५५ हजार रुपैयाँको सुन आयात गरेको थियो । 

Global Ime bank

कुनै विशेष स्वरुपमा नढालिएको वा गरगहनाका रूपमा तयार नपारिएको करिब ३२८ किलोग्राम यस्तो सुन गत आर्थिक वर्षमा नेपालले कतारबाट आयात गरेको हो ।

यस वर्ष भने कतारबाट सुनको आयात घटेको छ । भन्सार विभागको तथ्यांकअनुसार पछिल्लो ९ महिनामा कतारबाट ९१ करोड ८३ लाख १५ हजार रुपैयाँको करिब १०६ किलोग्राम मात्रै सुन आयात भएको छ ।

कतारबाट आयात हुने सुन राष्ट्र बैंकले मात्रै ल्याउने भन्सार विभागका निर्देशक एवं सूचना अधिकारी पुण्यविक्रम खड्काले बताए । “कतारबाट भित्रिने सुन राष्ट्र बैंकले ल्याउने सुन हो, यस वर्ष ‘भेन्यू चेन्ज’ भयो र अन्य कुराले पनि सुनको आयात घटेको छ,” खड्काले भने ।

अन्य आयात
भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा सुनपछि एक अर्ब ४२ करोड रुपैयाँ बराबरको करिब २० लाख किलोग्राम युरिया कतारबाट आयात भएको थियो । चालु आर्थिक वर्षको नौ महिनामा भने सुनपछि दोस्रोमा सडक कालोपत्रे गर्न प्रयोग हुने कालो अर्धतरल पदार्थ ‘पेट्रोलियम बिटुमेन’ आयात भएको छ ।

९ महिनामा कतारबाट १२ करोड ४३ लाख १८ हजार रुपैयाँ बराबरको करिब १५ लाख लिटर पेट्रोलियम बिटुमेन आयात भएको हो । यसबाहेक टेलिभिजन, स्मार्टफोन, गरगहना र घरेलु उपकरण लगायतका वस्तु कतारबाट आयात हुने गरेको छ । नेपालले कतारमा कृषिजन्य उत्पादन, कपडा र कार्पेटलगायत वस्तु निर्यात गर्ने गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १९:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement