site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कतारका अमिरलाई स्वागत गर्न राष्ट्रपति पौडेल विमानस्थल जाने 
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडल कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने भएका छन् । राष्ट्रपति पौडेलेको निमन्त्रणमा कतारका अमिर थानी दुई दिने नेपाल भ्रमणको सिलसिलामा मंगलबार काठमाडौं आउँदै छन् । 

कतारका अमिरलाई स्वागत गर्न राष्ट्रपति पौडेल मंगलबार विमानस्थल जाने उनका प्रेस सल्लाहकार किरण पोखरेलले पुष्टि गरे ।  कतारका अमिर थानी मंगलबार बंगलादेशको ढाका हुँदै दिउँसो साढे ४ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई राष्ट्रपति पौडेलले स्वागत गर्नेछन् । 

Dabur Nepal
NIC Asia

नेपाल आएलगत्तै कतारका अमिर राष्ट्रपति कार्यालय शीतलनिवास जाने कार्यक्रम रहेको छ । शीतलनिवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबीच नेपाल–कतार द्विपक्षीय सम्बन्धमा छलफल हुनेछ । 

बुधबार बिहान कतारका अमिरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग द्विपक्षीय वार्ता गर्नेछन् । त्यसपछि नेपाल र कतारबीच केही सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ । उनी ८० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आउन लागेका हुन् । कतारको प्रतिनिधिमण्डलमा १० जना कतारी मन्त्री समेत सहभागी हुनेछन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कतारका अमिरको नेपाल भ्रमणको दिन मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १७:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro