site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
इजरायलसँग विवाद भइरहेका बेला इरानी राष्ट्रपति पाकिस्तान भ्रमणमा 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

तेहरान । इजरायलसँग तनाव बढिरहेको बेलामा इरानका राष्ट्रपति इब्राहिम रइसी पाकिस्तानको तीन दिने भ्रमणका लागि एक्कासी आज त्यसतर्फ प्रस्थान गर्दैछन् ।  यस भ्रमणका क्रममा उनले पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ, राष्ट्रपति असिफ अली जरदारी र सेनाप्रमसख जनरल आसिफ मुनिरसँग कुराकानी गर्ने जनाइएको छ ।

गएको जनवरीमा इरानले पाकिस्तानको बलुचिस्तानमा ड्रोन कारवाही गर्दै सो स्थानमा चरमपन्थी समूह जैश अल अदुललाई निशाना बनाइएको जनाएको थियो । इरानले अहिलेको  भ्रमणको उदेश्य दुई देशबीचको सम्बन्धलाई प्राथमिकतामा राख्नु रहेको जनाएको छ । 

इजरायल र पश्चिमा मुलुकबीच इरानको तनाव बढीरहेको बेलामा पहिलो भ्रमणका रुपमा इरानी राष्ट्रपतिले पाकिस्तान भ्रमण गर्नुलाई अर्थपूर्ण मानिएको छ । इरान र इजरायलबीचको द्वन्द्वका क्रममा पाकिस्तानले तनावबाट बच्न दुवै देशलाई सल्लाह दिएको बीबीसीमा प्रकाशित समाचारमा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  ०८:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement