site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सहकारी अपचलनका अपराधलाई छानबिन गरी दोषीलाई कारबाही गर्न एमालेको माग 

काठमाडौं । सत्तारुढ नेकपा (एमाले)ले सहकारीमा सर्वसाधारणको रकम अपचलन गर्नेलाई छानबिन गरी कानुनी कारबाही गर्न माग गरेको छ । ललितपुरको गोदावरीमा आइतबार सम्पन्न महाधिवेशन केन्द्रीय परिषद्को बैठकले समसामयिक प्रस्ताव पारित गर्दै जनता सडकमा पुग्ने अवस्था आएको जनाएको छ । 
 
“देशका केही सहकारीमा बेथिति र गम्भीर समस्या देखापरेका छन् । जनताले दुःख गरेर जम्मा गरेको अर्बाैं रकम सीमित व्यक्तिले हिनामिना गरेर फरार हुने र बचतकर्ता सडकमा अलपत्र पर्ने स्थिति पैदा भएको छ । लघुवित्तका ऋणी पनि समस्यामा परेका छन् । मिटरब्याजपीडितका समस्या पनि पूर्णरूपमा समाधान भएका छैनन्,” बैठकले पारित गरेको प्रस्तावमा भनिएको छ, “यो बैठक केही सहकारीमा पैदा भएका यस्ता प्रकारका गम्भीर समस्या र सर्वसाधारणको रकम अपचलनका गम्भीर अपराधलाई निष्पक्ष छानबिन गरी दोषीलाई कानुनको कठघरमा ल्याउन र बचतकर्ताको रकम सुरक्षित फिर्ता गराउन सरकारसँग माग गर्दछ ।”

समसामयिक प्रस्ताव प्रस्तुत गर्दै उपमहासचिव विष्णु रिमालले मिटरब्याजपीडित र लघुवित्तका ऋणीका समस्या समाधानमा गम्भीर हुन सरकारसँग माग गरेको बताए । 

केही सहकारीमा पैदा भएका समस्यालाई लिएर सबै सहकारीविरुद्ध भइरहेका प्रचार उचित नभएको ठम्याइ एमालेको छ । एमालेले देशभरकै सहकारीलाई उत्पादन र वितरणमा केन्द्रित हुन आवश्यक वातावरण निर्माणका लागि पनि सरकारको ध्यानाकर्षण गराएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १८:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro