site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
त्यो तस्बिर जसले जित्यो ‘फोटो अफ द इयर’

गाजा । ‘त्यो बहुत प्रभावशाली तर, दु:खद क्षण थियो’ यो भनाइ प्यालेस्टाइननी फोटो पत्रकार मोहम्मद सलिमको हो । जसको तस्बिर वर्ल्ड प्रेस फोटो २०२४ प्रतियोगितामा ‘फोटो अफ द इयर’ छानिन सफल भएको छ । सो प्रतियोगितामा १३० देशका करिब चार हजार फोटोग्राफरले ६१ हजार तस्बिर पठाएका थिए । जसमध्येबाट फोटो अर्गनाइजेसनले सलिमले खिचेको तस्बिर छानेको हो ।

सलिमको सो तस्बिरमा एक महिलाले कफनमा लपेटेकी एक बालिकाको हात पक्रेको देखिन्छ । गत वर्ष अक्टोबरमा हमासले इजरायलमा आक्रमण गरेको ठीक एक हप्तापछि सलिमले यो तस्बिर खिचेका थिए । सो समयमा गाजामा इजरायली हमला सुरु भइसकेको थियो । 

Dabur Nepal
NIC Asia

यो घटना खान युनिस भन्ने स्थानको हो । जहाँ कैयौँ प्यालेस्टाइन परिवार गाजामा इजरायली बमबारीबाट बच्नको लागि शरण लिने प्रयासमा थिए ।

युद्धको सुरुमा इजरायलको गाजाका मानिसलाई दक्षिणतर्फ जानको लागि आदेश दिइएको थियो । तथापि, अक्टोबरको मध्यमा इजरायलले खान युनिसहित दक्षिणी भागमा पनि बमबारी गरेको थियो । यस अवस्थामा सलिमले अस्पतालमा कामकै सिलसिलामा जाने क्रममा इनस अबू ममारलाई कफनमा लपेटेको एक बालिकालाई च्यापेर रोइरहेको अवस्थामा भेटे ।

कफनमा लपेटिएकी बालिका ममारकी पाँच वर्षीया भतिजी थिइन् । खान युनिसमा रहेको उनको घरमा इजरायलद्वारा बमबारी भएको थियो । यसलगत्तै उनी आफन्तको हालखबर बुझ्न स्थानीय अस्पताल पुगेकी थिइन् । सो हमलामा बालिकाकी आमा र अन्य दुई आफन्त पनि मारिएका थिए । 

त्यस क्रममा उनी अस्पतालको शव गृहमा गएकी थिइन् । जाँदा आफ्नी भतिजीको शव फेला पर्यो । उनले रोयटर्सलाई बताएअनुसार बालिकालाई जब उनले हातमा लिइन् उनी बेहोस भइन् । भतिजीलाई उनी ज्यादै माया गर्थिन् । उनको फोन ती भतिजीकै फोटोले भरिएको थियो । बालिकाको भाइ अहमद भने हमलाबाट बचेका थिए । उनको उमेर चार वर्षको थियो । आक्रमणको बेला उनी घरमा नभएकाले बचेका थिए ।

फोटोग्राफर सलिम त्यो अवस्थालाई दुःखद भन्छन् । किनभने उनकी पत्नीले केही दिनअघि मात्रै बच्चा पाएकी थिइन् । सन् १९८५ मा जन्मिएका सलिम इजरायल–प्यालेस्टाइन क्षेत्रबाट सन् २०२३ देखि रोयटर्सका लागि काम गर्दै आएका छन् । बीबीसी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १०:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro