site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अर्थतन्त्र सुधार हुने अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र विस्तारै सुधार हुने अवस्थामा रहेको बताएका छन् । बिहीबार नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाले आयोजना गरेको तस्रो एकाउन्टेन्ट सम्मेलनलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । 

उनले नेपालको अर्थतन्त्रका धेरै सूचकहरू सकारात्मक हुँदै गएकाले आगामी दिनमा थप सुधार हुने दाबी गरे । “नेपालको अर्थतन्त्रको बाह्य सूचकमा सुधार, वित्तीय क्षेत्र सवल र महँगी क्रमशः घट्दै गएकाले अर्थतन्त्र लयमा आउने संकेत छ,” उनले भने ।

Dabur Nepal
NIC Asia

सरकारले लिएको नीतिगत निर्णयको कारण बाह्य सूचकमा सुधार, वित्तीय क्षेत्र सबल र महँगी क्रमश घट्दै गएको उल्लेख गरे । गभर्नर अधिकारीले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२४ मा विश्वको आर्थिक वृद्धि ३.२ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको बताए ।

कोरोना महामारीको संकट र रुस युक्रेन युद्धकाबीच पनि पछिल्लो समय आर्थिक गतिविधिमा भइरहेको सुधारले आर्थिक वृद्धिको लक्ष्यमा वृद्धि हुने अवस्था रहेको बताए । विश्वको अर्थतन्त्र सकारात्मक अवस्थामा रहेको भन्दै उच्च विन्दुमा रहेको महँगी क्रमशः घट्ने क्रममा रहेको बताए । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १९:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro