site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
किन सर्‍यो एकीकृत समाजवादीको महाधिवेशन ? 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को राष्ट्रिय महाधिवेशनको मिति फेरि सरेको छ । बुधबार बसेको सचिवालय बैठकले महाधिवेशन एक महिना पछि सारेको हो । प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार महाधिवेशन असार १४–२० गतेसम्म गर्ने निर्णय भएको छ । 

गत भदौ ७ गते बसेको केन्द्रीय कमिटी बैठकले माघ १६ देखि १८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर, त्यसअघि विधान अधिवेशन गर्नुपर्ने वैधानिक प्रावधानअनुसार महाधिवेशनको मिति सारिएको थियो । 

मंसिर १९ गते बसेको सचिवालय बैठकले जेठ ३–७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो । आज बसेको सचिवालय बैठकले उक्त मिति सारेर असारमा महाधिवेशन गर्ने निर्णय गरेको हो । 

किन सर्‍यो मिति ? 
प्रचार विभाग प्रमुख खतिवडाले आन्तरिक तयारी नपुगेकाले मिति सारिएको बताए । जिल्ला कमिटीको मागअनुसार मिति सारिएको बताए । “जिल्ला कमिटीहरूले माग गरे बमोजिम केन्द्रले विश्लेषण गर्दा १०औँ राष्ट्रिय महाधिवेशनलाई केही दिन पर सारेका छौँ,” उनले भने ।

Global Ime bank

पार्टी सचिव जीवनराम श्रेष्ठले महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजको तयारी र उपनिर्वाचनलाई मध्यनजर गरी कार्यतालिका हेरफेर गरिएको बताए । “दस्तावेजको तयारी, उपनिर्वाचनलाई हेरेर महाधिवेशनको कार्यतालिकामा हेरफेर गरिएको हो,” उनले बाह्रखरीसँग भने । 

आउँदो वैशाख १५ गते इलाम–२ र बझाङमा १ ‘क’मा उपनिर्वाचन हुँदै छ । एकीकृत समाजवादीले दुवै क्षेत्रका लागि छुट्टै उमेदवारी दिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १८:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu