site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पृथ्वीनारायण शाहपछिका शासकहरूले साझा नेपाल बनाउन सकेनन् : राजेन्द्र महतो
फाइल तस्बिर ।

काठमाडौं । पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले एकल जातीय चिन्तन सोचबाट नेपालको शासन सत्ता चलिरहेको आरोप लगाएका  छन् ।

बुधबार काठमाडौंमा आयोजित आफ्नै राजनीतिक जीवनी ‘अधुरा क्रान्ति’ नामक पुस्क विमोचन समारोहमा उनले अधिकार र पहिचान मेटाइदिने काम राम्रो नभएको बताए ।

उनले पृथ्वीनारायण शाहपछिका अहिलेसम्मका शासकहरूले साझा नेपाल बनाउन नसकेको पनि बताए । उनले १०४ वर्षे जहानियाँ शासन, त्यसपछि वंशीय शासन र ०४६ सालको लोकतन्त्रपछि अहिलेसम्म गणतन्त्रसम्म नस्लीय शासन सत्तामात्रै सञ्चालन भइरहेको बताए ।

"अप्राकृतिक ढंगले नेपालको शासन र संविधान बनाउने र चलाउने काम भयो । यो देश बन्दा नै विभिन्न पहिचानहरू मिलाएर बनेको नेपाल हो नि त । बाइसे, चौबिसे भनेको होइन । नेपाल बन्नुभन्दा पहिला त छुट्टै राज्य र पहिचान थिए नि । सबै पहिचान एक ठाउँ बनाएपछि नेपाल बनेको हो नि । नेपाल बन्यो, राम्रो हो, हामी स्वाभिमानी भयौँ, पहिचान भयौँ, राम्रो हो । तर अधिकार र पहिचान मेटाइदिने त्यो त राम्रो भएन नि, उनले भने ।

नेता महतोले सबैको भाषा, संस्कृति र भेषभूषाको मान्यता हुनुपर्ने पनि बताए । उनले देश एकल चिन्तन सोचबाट चल्न नसक्ने जिकिर गरे । – न्युज एजेन्सी नेपाल

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १६:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro