site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एआईजी भण्डारीले एक वर्ष बाँकी छँदै अवकाश पाए, अरुको के हुँदैछ ?

काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सन्दीप भण्डारी आजबाट अनिवार्य अवकाशमा गए । प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कार्यरत भण्डारीले एआईजीको उमेरहदका कारण अवकाश पाएका हुन् । प्रहरी नियमावली २०७१ अनुसार एआईजी र प्रहरी नायव महानिरीक्षक (डीआईजी)को उमेरहद ५६ वर्ष तोकिएको छ ।

प्रहरीमा सेवा अवधि ३० वर्ष भए पनि एआईजीको उमेरहदका कारण उनी सेवा अवधि पूरा हुन करिब एक वर्ष बाँकी रहँदै अवकाशमा पुगेका हुन् । २०५१ वैशाख ५ गतेबाट नेपाल प्रहरीको प्रहरी निरीक्षकमा भर्ना भएका थिए । भण्डारीको जन्ममिति २०२५ वैशाख ५ हो । उनीसँग दुई दिनपछि अर्का एआईजी मीरा चौधरी र डीआईजी विकाश खनाल समेत अवकाशमा जाँदै छन् ।

एआईजी चौधरी र खनाल समेत उमेरहदका कारण अवकाशमा जान लागेका हुन् । प्रशासन विभाग प्रमुख रहेकी चौधरी र गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी खनाल दुवैको जन्ममिति २०२५ वैशाख ७ हो । उनीहरू सबै हालका प्रहरी प्रमुख आईजीपी बसन्तबहादुर कुवँरकै ब्याची हुन् ।

अन्यले कहिले पाउँदैछन् अवकाश ?
आईजीपी कुँवरकै ब्याची हाल एआईजीको सिफारिसमा परेका डीआईजी उमेशराज जोशी दुई महिनापछि अवकाशमा जानेछन् । उनी समेत उमेरहदकै कारण अवकाशमा जानेछन् । २०५१ चैत ५ मा प्रहरी निरीक्षक बनेका उनको जन्ममिति २०२५ असार १९ छ । त्यस्तै, अर्का डीआईजी पोषराज पोखरेल असार २१ अवकाशमा जानेछन । हाल उनी उपत्यका ट्राफिक प्रहरी प्रमुख छन् । उनको उमेर २०२५ असार २१ हो । 

अर्का डीआईजी सुरेन्द्रप्रसाद मैनालीले एक महिनापछि जेठ १० मा अवकाश पाउँदै छन् । उनी हाल तालिम केन्द्र भरतपुरमा कार्यरत छन् । एआईजी श्यामलाल ज्ञवाली पनि चार महिनापछि भदौ २६ मा अकाश पाउँदै छन् । 

यसरी नै एआईजी किरण बज्राचार्य मंसिर १७ मा अवकाशमा जानेछिन् । उनीहरू सबै प्रहरीको ३० वर्षे सेवा अवधि अगावै अवकाश पाउँदैछन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १४:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro