site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
चलचित्र ‘ह्रस्व दीर्घ’मा हरिहरको यस्तो लुक्स

काठमाडौं । चलचित्र ‘ह्रस्व दीर्घ’ निर्माण टिमले आफ्ना प्रमुख अभिनेता हरिहर अधिकारीको लुक्स सार्वजनिक गरेको छ । हरिहरको जन्मदिनको अवसर पारेर निर्माणपक्षले पोस्टर लुक्स सार्वजनिक गरेको हो ।

सार्वजनिक पोस्टरमा हरिहरलाई दुईवटा लुक्समा प्रस्तुत गरिएको छ । एउटामा उनलाई लामो कपालमा छालाको ज्याकेट लगाएको आधुनिक पहिरनमा र अर्को धार्मिक ‘गेटअप’मा देखाइएको छ । 

प्रेमकथामा निर्माण भइरहेको चलचित्रको तेस्रो चरणको छायांकन बाँकी छ । 

अभिनेत्री नीता ढुंगानाको निर्माण रहेको चलचित्रमा हरिहर र नीतासँगै अलावा विपना थापा, गरिमा शर्मालगायतका कलाकारको अभिनय छ । यो चलचित्रमा केही दक्षिण भारतीय कलाकारको पनि अभिनय छ । 

चन्द्र पन्तले निर्देशन गरिरहेको चलचित्र चलचित्र असोज ११ गते रिलिज हुनेछ ।
 

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १२:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro