site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्न सामाजिक सञ्जाल अनुगमन इकाइ गठन

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनको आचारसंहिताविपरीतका कार्य भए तत्काल कारबाही गरिने जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सामाजिक सञ्जालबाट आचारसंहिता उल्लंघनसम्बन्धी कुनै सूचना वा जानकारी प्राप्त भएमा स्पष्टीकरण माग गरिने बताए ।

आचारसंहिता उल्लंघन गर्नेलाई तत्कालै रोक्न आदेश दिने र कारबाहीका लागि आयोगसमक्ष सिफारिस गर्न निर्वाचन एक सामाजिक सञ्जाल अनुगमन इकाइ गठन गरी जिम्मेवारी दिइने विज्ञप्तिमार्फत जनाएका छन् ।

Argakhachi Cement Island Ad

“सामाजिक सञ्जालबाट आचारसंहिता उल्लंघनसम्बन्धी कुनै सूचना वा जानकारी कुनै माध्यमबाट प्राप्त भएमा स्पष्टीकरण माग गर्ने, उक्त कार्य तत्कालै रोक्न आदेश दिने तथा आचारसंहिता उल्लंघनकर्तालाई आवश्यक कारबाहीका लागि आयोगसमक्ष सिफारिस गर्न निर्वाचन आयोगमा एक सामाजिक सञ्जाल अनुगमन इकाइ गठन गरी जिम्मेवारी दिने,” विज्ञप्तिमा भनिएको छ । 

उल्लंघन गर्नेलाई तत्काल आवश्यक कारबाही गर्न सम्बन्धित जिल्लाको मुख्य निर्वाचन अधिकृत संयोजक रहेको जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिने निर्णय आयोगले गरेको छ ।

वैशाख १५ गते हुने उपनिर्वाचनका लागि चैत २८ गतेदेखि आचारसंहिता लागु भएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १८:३४
प्रतिक्रिया दिनुहोस्